सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
काठमाडौँ, फागुन ७ । बाल सुधार गृह सानोठिमिले आयोजना गरेको एक कार्यक्रममा सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालय र मिडियाको कार्यशैली फरक भएपनि लक्ष्य सत्यको खोजी भएको उल्लेख गर्दै एकअर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने धारणा पनि राखे। आफुलाई अहम र ठुलो ठान्नेहरु नै असभ्यताको खेति गरिरहेको समेत उनले बताए।
आफु प्रधानन्यायाधीश भएपछि न्यायसम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भएको पनि दाबी गरे। आफु नेतृत्वमा आएपछि नियमावली ल्याउन सफल भएको र यसले अतिरिक्त समय इजलास सञ्चालन हुँदा महत्वपूर्ण सफलता हाँसिल भएको उनको भनाई छ।
डेढ बर्षसम्म अबरुद्ध रहेको संवैधानिक इजलास नियमित सञ्चालन गरेर संवैधानिक विवादका विषयहरु निरन्तर निरुपण भईरहेको, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु लगायतका मुद्दालाई विशेष प्राथमिकतामा राखेर सुनुवाई गरिरहेको जानकारी दिए।
जो कोही होस सभ्यता तर्फ उन्मुख हुनलाई अश्लिलता त्याग्नुपर्छ। अर्काका बारेमा भ्रामक सूचना सम्रेषण हुन थालेको छ। राज्यलाई घचघचाउने संस्थाले आफ्नो विशेषता आफै गुमाउन हुँदैन,’ उनले भने।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा