सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, फागुन ७ । फागुन २० गतेदेखि जिम्बाबेमा हुने आइसीसी विश्वकप क्रिकेट छनोट खेलका लागी नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १५ नियमित र ४ बैकल्पिक गर १९ खेलाडीको नाम सार्वजनिक गरेका छन् । टोलीमा सबै खेलाडीहरु आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा खेलेका खेलाडी रहेका छन् ।
टोलीमा पारस खड्काको कप्तानीमा, उप–कप्तान ज्ञानेन्द्र मल्ल, दीलिप नाथ, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन्। टोलीको बैकल्पिक खेलाडीमा सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र बिनोद भण्डारी छन् ।
समूह ‘बी’ मा परेको नेपाल फागुन २० गते घरेलु टोली जिम्बाबेसँग पहिलो खेल खेल्नेछ भने २४ गते स्कटल्याण्डसँग, २६ गते अफगानिस्तानससँग र २८ गते हङकङसँग खेल्नेछ ।
छनोट खेलको विजेता र उपविजेता दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा भाग लिन पाउनेछन्।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा