सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, फागुन ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले २०६३ साल यता भइरहेको राजनीतिक अभ्यासको समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । ६८ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आज एक विज्ञप्ति जारी गरी पूर्वराजा ज्ञानेन्द्रले सो कुरा बताएका हुन् ।
उनले प्रजातन्त्रलाई संस्थागत गर्ने वा समस्या समाधान खोज्ने क्रममा भएका सहमति, समझदारीमा देशको गौरव बढाउने विषयले प्रथमिकता नपाएको गुनासो समेत गरेका छन् ।
पूर्वराजा शाहले आफ्ना जिजुबुबा राजा त्रिभुवनले प्रजातन्त्रको निम्ति गरेको त्याग र उत्सर्गको स्मरण गर्दै प्रजातन्त्रमा सबैले सम्मानित महसुस हुनुपर्ने कुरामा जोड दिएका छन् ।
उनले प्रजातन्त्रलाई संस्थागत गर्ने वा समस्याको समाधान खोज्ने क्रममा भएका कुनै पनि राजनीतिक सम्झौता, सहमति वा समझ्दारीमा देशको गौरब बढाउने विषयले प्राथमिकता पायो वा पाएन वर्तमान समयमा ज्वलन्त प्रश्न बनेर अगाडि आएको जनाउँदै प्रजातन्त्रलाई निर्वाचनहरुको आयोजना गर्ने प्रक्रियाका रुपमा मात्र सिमित गरिनु जनतालाई भ्रममा राख्नु भएको बताएका छन् ।
उनले देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर व्यबहार गर्ने व्यवस्था मात्र प्रजातन्त्र हुने बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा