सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन ६। झण्डै ४३ हजार व्यक्तिले अवलोकन गर्दै दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला राज्धानीको भृकुटीमण्डपमा आज सम्पन्न भएको छ । नेपाल, भारत, बंगलादेश, मलेसिया, चीन, इजराइल, इटली, जर्मनी, बेल्जियम, नेदरल्याण्डसलगायत मुलुकका विभिन्न व्यवसायीले सञ्चालन गरेको प्रदर्शनीकक्ष प्रदर्शनीमा राखिएको थियो । कृषिको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरणलाई जोड दिने उद्देश्यले बिहीबारदेखि शुरु भएको सो मेलामा रु १० करोडभन्दा बढी रकमको कारोवार भएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मिडिया स्पेश सोलुसन्स प्रालि, अन्तर्राष्ट्रिय ट्र्याक्टर लिमिटेड ९सोनालिका०, महेन्द्रा कम्पनी, पोषकदाना, नेपाल पोल्ट्री महासंघ, कृषि उद्यम केन्द्र–नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल कृषि सहकारी केन्द्रीय महासंघको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा साना औजार, यन्त्रदेखि कृषि, दुग्ध उद्योग तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको बिक्री वितरण भएको थियो । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा