सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आफनो मुद्रा भण्डारलाई मजबुद बनाउनको लागी पाकिस्तानले ईडष्ट्रि एण्ड कमर्शियल बैक अफ चाइनासँग ५० करोड डलरको कर्जा लिनको लागी करार गरेको छ । उसले आफनो विदेशी मुद्रा भण्डारलाई बलियो बनाउनको लागी कर्जा लिएको हो ।
चिनसँग उक्त कर्जा लिने बिषयमा अर्थमन्त्रि इशाक डार, अर्थ सचिब तारिक बाजवा, स्टेट बैक अफ पाकिस्तानका गर्भनर अशरफ वाथराले संयुक्त बैठक मार्फत उक्त ऋण लिने निर्णयमा पुगेका थिए ।
पाकिस्तानको एक्सप्रेस ट्रिब्युनमा प्रकाशित रिपोर्टका अनुसार, यो कर्जासँगै पाकिस्तानीको ढुकुटी बलियो हुदा रुपैया मजबुद बन्ने दाबी गरेको छ । खबर अनुसार सरकारले १५ जनवरीमा उक्त कर्जाको लागी करार गरीसकेको र उक्त कर्जा ४.५ प्रतिशत ब्याजदरमा लिइएको उक्त रिपोर्टमा उल्लेख गरीएको छ ।
पछिल्लो छ महिनामा पाकिस्तान सरकारले ७० करोड डलरको नयाँ कर्जा लिइसकेको छ । यो सँगै पाकिस्तानको विदेशी कर्जा ६.६ अरब डलर पुगेको छ । पाकिस्तानको यो विदेशी कर्जा उसको बार्षिक बजेटको ८६ प्रतिशत हो ।
यो भन्दा पहिला पनि चीनको बैकले पाकिस्तानमा पेमेन्ट सिचुएशन ब्यालेन्स सपोर्टका लागी १.३ अरब अमेरीकी डलर दिइसकेको छ । चीनले नयाँ ऋण दिए पश्चात पाकिस्तानको लागी उसको मद्यत कुल १ अरब ३० करोड डलर पुग्नेछ ।
यो भन्दा पहिला साउदी अरबले पाकिस्तानलाई २०१४ मे महिनामा १.५ अरब डलर सहयोग स्वरुप प्रदान गरेको थियो ।
चिन विश्वको सबैभन्दा ठुलो ऋणदाता हो, जसले अहिलेसम्म कुल १.६ बिलियन डलर ऋण स्वरुप अरु देशहरुलाई दिइसकेको छ जुन पछिल्लो सात महिनामा पाकिस्तानले पाएको कुल विदेशी ऋणको एक चौथाई हो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा