सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन ६। प्रधानमन्त्री केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।
प्रधानमन्त्री ओली भोलि अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटार छोडेलगत्तै ओली सरकारी निवास सर्न लागेका हुन्। प्रधानमन्त्री पदबाट राजीनामा दिएलगतै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको पदभार सम्हालेका थिए।
प्रधानमन्त्री पदबाट राजीनामा दिएको भोलिपल्ट देउवा निजी निवास बूढानीलकण्ठ फर्कि सकेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा