सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हालैमात्र प्रिया प्रकाश वारियर आफनो आँखाको ईसाराबाट संसारभर भाइरल भएको केही दिन नवित्दै एउटा अर्को वाली पनि सोशल मिडियामा भाइरल हुन शुरु भएको छ ।
पाकिस्तानको चायवाल तथा नेपालको तरकारीवाली पछि अव यी मिटवाली ईन्टरनेटमा भाइरल बनीसकेकी छिन् । उनी केवल सोशल मिडिया साइट्समा मात्र होइन कि त्यो पसलमा पनि मानिसहरुको भिड लाग्न थालेको छ जहाँ उनी बाला काम गरीरहेकी छिन् ।
यी नयाँ भाइरल बनेकी युवती ताइवानकी हुन् र उनको नाम हो लिटिल पीच । वास्तवमा उनी एक मोडल हुन उनलाई एउटा ब्यापारीले आफनो काममा राखेका छन् ।
पछिल्लो केही महिनादेखि आफनो ब्यवसायमा घाटा हुन थालेपछि उनले जुक्ति लगाउदै ब्यवसाय बढाउनको लागी उनलाई फुड स्टलको खाना सर्व गर्ने काममा राखेका छन् ।
धेरैजस्तो कम्पनिहरुले आफनो ब्यवसायको प्रचार प्रसारको लागी मोडलहरुको अनुहारको प्रयोग गर्ने गर्दछन् तर यी ब्यवसायीले त मोडललाई वेटर बनाएर राम्रो ब्यवसाय गरेका छन् ।
स्टल मालिकको यो आइडिया अहिले निकै नै हिट भएको छ ।
जसलाई खाना खान मन हुदैन उनीहरु बस यो कारणले यहाँ आएर खाना खान्छन ताकी केही समय भए पनि यी सुन्दर महिलालाई हेरेर आनन्द लिन सकियोस ।
कारण जे भए पनि ति ब्यापारीलाई ब्यवसायमा धेरै फाइदा भइरहेको छ । उनको ब्यवसायको प्रचारप्रसार सँगै ब्यापारीको कमाइ पनि जोड तोडले बढेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा