सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाल्पा, फागुन ४। जिल्लाको बगनासकाली गाउँपालिका–८, बराङ्दीमा सञ्चालित महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सवमा रु ८५ लाख संकलन गर्न सफल भएको छ । महोत्सवले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ महामृत्युञ्जय शिवासनधामको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको छ । महामृत्युञ्जय शिवासनधाम महायज्ञ मूल समितिको आयोजनामा माघ २१ देखि फागुन २ गतेसम्म सञ्चालित श्री शिवपुराण तात्विक ज्ञान महायज्ञमा पाँच लाखभन्दा बढी भक्तजनले अवलोकन गरेको सञ्चार संयोजक यज्ञमूर्ति तिमल्सेनाले जानकारी दिनुभयो ।
ध्यान आसनमा रहेको शिवको मूर्ति एशियाकै सबैभन्दा ठूलो मूर्ति रहेको स्थानीय बासिन्दाको दाबी छ । ७० प्रतिशत तामा र ३० प्रतिशत पित्तलको मिश्रणबाट शिवको मूर्ति निर्माण गरिएको हो । शिवमूर्तिको स्थापना गरेपछि यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।
पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने सडक यहीँबाट जाने र आन्तरिक पर्यटकको अहिले पनि चहलपहल रहिरहने स्थानीय बासिन्दाको भनाइ छ । महोत्सव सञ्चालनपछि यस क्षेत्रमा आन्तरिक पर्यटकको ओइरो लागेको स्थानीय बासिन्दा दयाराम न्यौपानेले जानकारी दिनुभयो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा