सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सप्तरी,फागुन ४। बाढी प्रभावित क्षेत्र सप्तरीको हनुमानगर कंकालनी नगरपालिकाको हनुमाननगरमा बिहीबार निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । अक्स्फाम नेपाल र कोशी पीडित समाजको साझेदारीमा सञ्चालित अर्ली फ्लड रिकोभरी प्रोजेक्टअन्तर्गत बाढीबाट प्रभावित पशुको स्वास्थ्य उपचार र सरसल्लाह दिने उद्दश्यले निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरेको कोशी पीडित समाजका सुरेन्द्र यादवले बताए।
जिल्ला पशु स्वास्थ्य कार्यालय र पशु सेवा केन्द्र हनुमाननगरको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमा हनुमाननगरका ६५ घरधुरीका चौपायामा नाम्ले, छरौटी, छालासम्बन्धी रोग, घाउ, कफ र ज्वरो रोग लागेका चौपाया बाख्रा, गाई, गोरु, हाँस र कुखुरालाई निःशुल्क स्वास्थ्य उपचार तथा औषधि वितरण गरिएको उहाँले जानकारी दिए ।
शिविरमा जिल्ला पशु विकास कार्यालयका प्रमेश्वर यादव र पशु सेवा केन्द्र हनुमाननगरका प्र।स। रामकुमार यादवसहित दुईजना नायब प्राविधिक सहायकले १४९ बाख्रा, गाई, गोरु, बाख्रा ४९, भैँसी–पाडो ३४ समेत गरी २१२ पशु चौपायाको स्वास्थ्य परीक्षण तथा उपचारसमेत गरेको बताइएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा