सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ३ । राष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग बिहीबार गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्ने आयोगको प्रस्तावमा सहमति भएको नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायतका विषयमा राजनीतिक दलका प्रतिनिधिसँग विस्तृतरुपमा छलफल भएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले विभिन्न सरोकारवालासँग छलफल गरेर फागुन महिनाभित्रै निर्वाचन सम्पन्न गर्नेगरी आयोगले मिति घोषणा गर्ने जानकारी दिए ।
आयोगकातर्फबाट यही फागुन महिनाको अन्त्यसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने कार्यतालिकासहितको प्रस्तावलाई दलहरूले समर्थन गरेका थिए ।
राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमन्डल रहने र संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ रहने प्रवक्ता ढकालले जानकारी दिए ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यसैबीच, राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका उम्मेदवारहरूलाई निर्वाचन खर्च समयमै बुझाउन आयोगले दलहरूसँग आग्रह पनि गरेको छ ।
छलफलमा नेकपा एमालेका नेता राजेन्द्र पाण्डे, अग्नि खरेल, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, डा. मीनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र प्रल्हाद बुढाथोकी, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो र केशव झा तथा संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ र डा. शिवजी यादव सहभागी थिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा