सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन ३ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता प्रधानमन्त्री दाबीको पत्र बोकेर शितल निवास पुगेका छन्। आयोगले हिजो नै राष्ट्रपति समक्ष प्रतिनिधिसभातर्फको सम्पूर्ण परिणाम बुझाएपछि नयाँ सरकार गठनको बाटो खुला भएको थियो।
संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।
प्रधानमिन्त्र देउवाले हिजो नै राजीनामा दिने बताइए पनि राष्ट्रका नाममा विशेष सम्बोधनका साथ देउवाले आज राजीनामा दिने तयारी गरेका छन् ।
गठबन्धनले आफूसँग स्पष्ट बहुमत रहेको जानकारी गराउँदै प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष आग्रह गर्दैछ ।
हिजो नेकपा एमालेको आकस्मिक रुपमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा