सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भोजपुर, फागुन ३। भोजपुर जिल्लामा हात्तीपाइले (फाईलेरिया) रोग विरुद्धको औषधी खुवाइने भएको छ । हात्तीपाइले रोग निवारण समन्वय समितिको आज बसेको बैठकले फागुन १२, १३ र १४ गते औषधि खुवाउने निर्णय गरेको हो । यस वर्ष भोजपुरमा एकलाख ५० हजार ४०० लाई औषधि खुवाइन लागेको जनस्वास्थ्यका फोकल पर्सन विनोद मिश्रले जानकारी दिनुभयो । यसमा ८० हजार ७७ महिला र ७० हजार ४१७ पुरुष रहेका छन् ।
औषधि खुवाउनका लागि एक हजार १०३ स्वयम्सेविका परिचालन गर्नाका साथै औषधि सेवनपछि आउने तत्कालीन असर समाधानका लागि कार्यालयले ४३५ जना स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गर्ने भएको छ । यसैबीच, भोजपुरमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम यसवर्ष आठौँ चरणमा पुगेको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा