सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन ३ । माल्दिभ्सका पछिल्लो १२ दिन देखीको जारी राजनीतिक संकट अझ बढि गहिरिदै गएको छ । सेनाले संसदमा उपस्थित सबै सांसदहरुलाई उठाएर संसद बाहिर फ्याकिदिएको छ । माल्दिभ्सीयन डेमोक्रेटिक पार्टी (एमडीपी) ले सांसदहरुलाई बाहिर फ्याकिएको तस्विर तथा भिडियो ट्विटरमा पोष्ट गरेका छन् ।
माल्दिभ्समा बढ्दो राजनितिक अस्थिरतालाई लिएर दैनिक जसो हजारौ पर्यटक माल्दिभ्सका होटल बुकिङ रद्ध गर्दे घर फर्केन क्रम बढेसँगै देशमा आर्थिक संकट उत्पन्न हुने खतरा पनि बढ्दै गएको छ । तर सरकारले भने आश्वासन दिने कोशीस गरीरहेको छ कि राजधानिबाट केही पर रहेका रिसोर्ट, आइल्याण्ड हरुमा चाडै नै सामानहरु सर्बसुलभ रुपमा पाइने र सुरक्षाको राम्रो प्रत्याभुति दिने कोशीश गरीरहेको छ ।
एमडीपी के महासचिव अनस अब्दुल सत्तारले ट्वीट गर्दे भनेका छन् “सेनाले सांसदहरुलाई मजलिस परिसरबाट बाहिर फ्याकिदिएको छ, चिफ जस्टिल अबदुल्ला सईद साचो कुरा बाहिर ल्याउन खोज्दै थिए उनलाई पनि चेम्बरबाट घिसारेर बाहिर ल्याइयो, पार्टी यस किसिमको कामको घोर निन्दा गर्दछ “।
मंगलबार सेनाले संसदलाई चारैतिरबाट घेरेको थियो र सांसदहरुलाई संसदमा पस्न दिइएन । माल्दिभ्सका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीनले देशमा संकटकालको घोषणा लागु गरीरहेका छन् ।
माल्दिभ्समा जारी राजनितिक संकटको शुरुवात राष्ट्रपति अब्दुल यामीन तथा न्यायपालीकाको बीचको संघर्ष पछि शुरु भएको थियो । राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायधिशहरुलाई बर्खास्त गरिसकेको छ । साथै माल्दिभ्समा विपक्षि दलका नेताहरुलाई पनि पक्राउ गरेकोे छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा