सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज देशवासीका नाममा सम्बोधन गरी राजीनामा दिने भएका छन्। देउवाले हिजो नै आज विहान ९ बजे को लागी मन्त्रिपरिषदको अन्तिम बैठक बोलाएका छन् ।
बैठकपछि देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने र राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने तयारी छ । संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।
निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गरेपछि हिजो नै राजीनामा दिने बताइए पनि प्रधानमन्त्री देउवाले विशेष सम्बोधनका साथ राजीनामा बुझाउने भएपछि आजका लागि सारिएको हो।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा