सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नगरकोट,फागुन २। केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज बिदाइ गरिएको छ । शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिर दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको हो । डोलेश्वर आएका झण्डै ५०० साधुसन्तमध्ये आज ३०० साधुसन्त बिदाइ कार्यक्रममा सहभागी भएका र बाँकी साधुसन्त बिदाइ कार्यक्रममा सहभागी नभइकन फर्केको उक्त मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमान सिंह बस्नेतले बताए ।
यहाँ आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको समितिका सचिव तथा प्रचारप्रसार समितिका संयोजक मोहनबल्लले बताए । ‘क’ वर्गका साधुसन्तलाई नगद रु एक हजार १००, ‘ख’ वर्गलाई नगद रु सात सय सात र ‘ग’ वर्गलाई नगद रु पाँच सय ५ तथा प्रत्येकलाई एक थान कम्बल र एकथान धोती प्रदान गरिएको उनले जानकारी दिए ।
डोलेश्वरमा विगत केही वर्षदेखि साधुसन्तको आगमन हुँदै आएको छ । शिवरात्रि पर्वमा एक हप्ता अघिदेखि देशका विभिन्न भाग तथा भारतबाट साधुसन्त यहाँ आएका थिए । मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरेको थियो । रासस
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा