सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, फागुन २। नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन गरेर पार्टी एकता गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “दुई नेताको व्यवस्थापनले मात्रै हुँदैन । पहिला पूर्व प्रधानमन्त्री भइसकेका, पार्टी सञ्चालनको अनुभव लिइसकेका, स्थायी कमिटीमा रहेका र तल्लोस्तरमा रहेका सबैलाई मिलाउनुपर्छ ।”
पार्टी एकतामा देखिएका बाधालाई छिटो भन्दा छिटो पन्छाएर पार्टी एकता गर्नु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“पार्टी एकता कहिले गर्ने, पार्टीले कस्तो विचार अवलम्बन गर्ने, दिइएको जिम्मेवारी पूरा नगरे परिवर्तन गर्ने, समयमा काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरेर पार्टी एकता टुंग््याउनु जरुरी छ ।”
पहिला सरकार गठन गरेर पार्टी एकता हुनुपर्ने भन्दै उहाँले सरकार गठनका लागि समय आइसकेको बताउनुभयो । एक फरक प्रसंगमा बोल्दै उहाँले भन्नुभयो, “काम चलाउ सरकारले गरेका दीर्घकालीन निर्णय अब बन्ने सरकारले उल्टाउने छ ।” रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा