सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ब्लुमबर्गले रबिनहुड सुचांक २०१८ सार्वजनिक गरेको छ । जसमा ४९ देशका सबैभन्दा अमिर ब्यक्तिको सम्पति र उनीहरुका देशको कुल सरकारी खर्चको तुलना गरीएको छ । उक्त सुचांकले सबैभन्दा धनि ब्यक्तिले आफनो देशको सरकारको कति दिनसम्म खर्च चलाउन सक्दछ भन्ने बताएको छ ।
तुलनात्मक हिसावमा, विश्वको सबैभन्दा बढि सरकार सञ्चलानको लागी खर्च गर्ने देशहरुमा जापान, पोल्याण्ड, अमेरीका र चिन परेको छन् ।
छिमेकी देश चिनका अलिबाबाडटकम का संस्थापक धनाढय ज्याकमा जो विश्वको १६ औ धनि ब्यक्तिको सुचीमा परेका छन उनको कुल सम्पति ४५.५ विलियन डलर रहेको छ जसमा चिनिया सरकारको एक दिनको कुल खर्च ११,२०५.२ मिलियन डलर रहेको छ, यानकी ज्याकमाले ४ दिनसम्म चिन सरकारको खर्च आफनै भरमा चलाउन सक्दछन् ।
त्यस्तै भारतका मुकेश अंबानीको कुल सम्पति ४०.३० विलियन डलर रहेको छ भने भारत सरकारको एक दिनको खर्च १९८.७२ मिलियन डलर हो यानी मुकेश अंबानी २० दिनसम्म आफनो निजि सम्पतिले भारत सरकारको खर्च चलाउन सक्दछन् ।
यो सुचीमा सबैभन्दा धेरै रकम खर्च गर्न सक्नेमा अमेरीका का जेफ बेजाँस छन् जसले आफनो देशको ५ दिनको खर्च धान्न सक्छन् , उनको सम्पति ९९.० विलियन डलर छ ।। यस्तै सानो देश साइप्रसको सबैभन्दा धनि ब्यक्ति जोन फ्रेडरिकसन ले सबैभन्दा धेरै दिन ४४१ दिनसम्म आफनो देशको सरकारको खर्च उठाउन सक्छन् । उनको सम्पति १०.४ विलियन डलर छ ।
यो सुचिमा चार जना महिला पनि परेका छन् जो अष्ट्रेलिया, अंगोला, चिलि र नेदरल्याण्डको सबैभन्दा अमिर उद्योगपति हुन् । उनीहरुले क्रमश ११, ३०,९० र १५ दिन सरकारको खर्च चलाउन सक्छन् ।
यस्तो हेनुहोस देशको नाम धनि ब्यक्तिको नाम र खर्च चलाउन सक्ने दिन;
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा