• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ५, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

      डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

      २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

      भारतमा पछिल्लो २४ घन्टामा साढे दुई लाखभन्दा बढी संक्रमित, १५०० को मृत्यु

      भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

      भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

      उदयपुर गढीमा खानेपानीको हाहाकार

      एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

      अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

      ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

      आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

      बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

      भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न

      नौ महिनामा ३० गैँडा मरे

      नुहाउने क्रममा सेती नदीमा बेपत्ता युवक परेनन् फेला

    होमपेज /  समाचार

    बहुविवाहको क्रम बढ्दो भए पनि बहुविवाहविरुद्ध उजुरी न्यून !

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ फागुन २, बुधबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    रोल्पा, फागुन २। रोल्पामा बहुविवाहको क्रम बढ्दो भए पनि बहुविवाहविरुद्ध न्यून उजुरी पर्ने गरेको छ । जिल्ला अदालत रोल्पाको तथ्यांकअनुसार दुई आवमा तीनवटा मात्र बहुविवाहका मुद्दा दर्ता भएका छन् जसअन्तर्गत यस आवमा दुईवटा तथा गत आवमा एउटा मात्र बहुविवाहको मुद्दा दर्ता भएको मुद्दा फाँटका नायब सुब्बा दामोदर दाहालले जानकारी दिए । जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार माना चामल, अंश, सम्बन्धविच्छेदजस्ता प्रकृतिका केही मुद्दामा दुईवटी श्रीमती भएको देखिन्छ । तर पनि बहुविवाहको प्रसंग नै आउँदैन ।

    यसरी बहुविवाहविरुद्ध मुद्दा कम पर्नुका कारण बहुविवाह एउटा अपराध हो, उजुरी गर्नुपर्छ भन्ने जानकारी पीडितलाई नभएको हुन सक्छ । साथै, कानूनी अज्ञानताका कारण गाउँ समाजमा मेलमिलाप गराउने प्रचलन भएको पनि हुनसक्ने उनको भनाइ छ । न्यायाधीश श्रेष्ठका अनुसार भद्रभलादमी बसेर बहुविवाहका मुद्दा गाउँमै मिलाउनु गैरकानूनी प्रक्रिया हो तर पनि गाउँ समाजमा मिलेर बस्नुपर्छ भन्ने सोचका कारण यस्ता प्रवृत्तिले अदालतमा प्रवेश नपाएको हुनसक्ने उनले बताए ।

    यस्तै जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालका अनुसार जिल्लामा बहुविवाहका घटना प्रसस्तै छन् । तर पनि कतिपय महिलाले आफ्नै श्रीमान् त हो किन कानूनी दायरामा ल्याउनु भन्ने सोचले क्षमा दिने गरेका छन् । करिब एक वर्षको रोल्पा बसाइका क्रममा अन्य जिल्लाको तुलनामा बहुविवाहका मुद्दा निकै कम मात्र दर्ता भएको उहाँले बताउनुभयो । यस्तै, सरकारवादी मुद्दा पनि अन्य जिल्लाको तुलनामा कम नै दर्ता भएका छन् ।

    “जिल्लामा मागी विवाहभन्दा प्रेम विवाह गर्नेको संख्या ठूलो छ । यसरी परिपक्व नभई एकदमै सानो उमेरमा विवाह बन्धनमा बाँधिएका सम्बन्ध परिपक्वता आएपछि सुमधुर बन्न सक्दैन जसका कारण दोस्रो, तेस्रो विवाह गर्ने गरेको पाइन्छ । यसरी पढ्ने उमेरमा विद्यालय छोडेर विवाह बन्धनमा बाँधिएका महिला आर्थिक हिसाबले निकै कमजोर छन् जसका कारण उनीहरु श्रीमान्को कमाइमा निर्भर हुनुपर्ने बाध्यता छ । यसरी स्वावलम्बी हुन नसक्नुका कारण उनीहरुले बहुविवाहका मुद्दालाई बाहिर ल्याउन चाहदैनन् बरु जीवनभर हिंसा सहेर बाँच्न तयार हुन्छन्”, उनले भने ।

    अर्यालका अनुसार जिल्लामा बहुविवाह गर्ने महिलाभन्दा पुरुषको संख्या बढी छ । तर पनि कानूनी सचेतनाको अभावका कारण बहुविवाहमा दण्डहीनताको अवस्था रहेको छ । यसरी हुने बहुविवाह अन्त्यका लागि स्थानीय तहमार्फत कानूनी सचेतनाका कार्यक्रमहरु गाउँगाउँमा पुग्नुपर्ने, शैक्षिक जागरणमा जोड दिनुपर्ने तथा बहुविवाहमा दण्डहिनताको अन्त्यगरी कानूनी दायरामा ल्याउनुपर्ने देखिन्छ ।

    यस्तै, प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनसार कतिपय अवस्थामा पीडित महिला श्रीमान्ले मादक पदार्थ सेवन गरी कुटपिट गरेको, खान लगाउन नदिएको भन्दै प्रहरीमा उजुरी गर्न आइपुग्छन्, तर बहुविवाहको कुरा नै उठाउन चाहन्नन् ।

    धेरैजसो पीडितले बहुविवाह एक किसिमको अपराध हो भन्ने कुरा बुझेकै छैनन् भने बुझेकाहरुले पनि श्रीमान्को कुनै दिन बुद्धि फर्केला भनेर कुरेर बस्ने गरेको पाइएको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

    भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    उदयपुर गढीमा खानेपानीको हाहाकार

    ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

    बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

    भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

    डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

    २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

    भारतमा पछिल्लो २४ घन्टामा साढे दुई लाखभन्दा बढी संक्रमित, १५०० को मृत्यु

    भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

    भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

    एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

    अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

    गृहमन्त्री रामबहादुर थापाको पनि सांसद पद गयो

    दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु

    तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सुपारी, केराउ, मरिच र छोकडा आयातको कोटा स्थगित

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑