सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन २ । पाकिस्तानको रक्षामन्त्री खुर्रम दस्तगीर खानले भारतलाई कडा टिक्कटर दिएका छन् ।
मंगलबार एक बयान दिदै दस्तगीरले भनेका छन् ‘पाकिस्तान जुनसुकै ममलामा भारतलाई कुनै पनि बेला टक्कर दिन तयार दिन सक्छ’ , उनले भनेका छन कि ‘भारतीय आक्रामकता, रणनीतिक गडबडी तथा अन्य कुनै पनि कुरामा मतलब बिना हामी भारतको हरेक भाषामा जवाफ दिन सक्षम छौ ‘।
खुर्रम दस्तगीरले बयानमा भनेका छन ‘हामी हामी पाकिस्तानको हरेक कुरामा मजबुत तवरले समर्थन गछौ । भारत लगातार पाकिस्तानलाई दोषी ठहराएको छ जबकि भारत स्वयम ठीक छैन’ ।
अगाडी भनेका छन् ‘पाकिस्तानलाई दोषी ठहराउनु भन्दा पहिला भारतले आफनो विषयमा सोच्नुपर्दछ । भारतको जासुस कुलभुषणको विषयमा कुनै ठोस जवाफ दिनु पर्दछ । जबकी कुलभुषण जाधवको जासुसीको प्रमाण विश्व भर सबैसामु छल्लङग छ’ ।
‘११ बर्ष पहिला सम्झौता एक्सप्रेसमा आतंककारी हमला भएको थियो जुन हमलामा परि ४२ पाकिस्तानीको मुत्यु भएको थियो । भारत उनलाई न्याय दिनमा असफल भईसकेको छ ‘ दस्तगीर ले भने ‘भारत विश्वभर शान्तिको कुरा गर्दे हिड्छ तर उसको आफनै देशमा भने अशान्ति फैलिरहेको छ’ ।
खुर्रमले चेतावनी दिदै भनेका छन् ‘हमी भारतदेखी डराउने पक्षमा छैनौ हामी हाम्रो देशका अखण्डताको रक्षाको लागी पुरै तयार छौ’ । ‘हाम्रो सेना जमीन, समुन्द्र तथा वायु सबै ठाउँमा सतर्क अवस्थामा छ’ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा