सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी, फागुन १। महोत्तरीको सोनमा गाउँपालिकाले सोमबार रु ३५ करोडभन्दा बढी रकम बराबरको वार्षिक नीति तथा कार्यक्रम ९बजेट० प्रस्तुत गरेका छन् । सोमबार दिउँसो गाउँपालिकाको प्रांगणमा आयोजित एक समारोहका बीच आर्थिक वर्ष २०७४÷७५ कालागि कूल रु ३५ करोड ५६ लाख ४२ हजार ८८३ बराबरको वार्षिक बजेट सार्वजनिक गरिएको हो ।
गाउँपालिकाका प्रमुख राजकुमार यादवले चालूतर्फ रु १५ करोड ३७ लाख ८९ हजार ५०० र बचततर्फ रु २० करोड १८ लाख ५३ हजार ३८३ रकमसमेत गरी सो बजेट सार्वजनिक गरेका हुन् ।
महोत्तरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो समारोहमा वक्ताले बजेटलाई सदुपयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा