• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ८, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धरहरामा सुनको जलप लगाइएको गजुर राखियो

      विषम परिस्थितिमा थप सक्रिय हुन प्रहरीलाई निर्देशन

      नौ महिनामा पूँजीगत खर्च ३० प्रतिशत

      चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

      कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

      कोरोना संक्रमितमध्ये १८० जनाको आइसियूमा, ४७ जनाको भेन्टिलेटरमा उपचार हुँदै

      बच्चामा काेराेना संक्रमण बढ्याे, नयाँ थपिए २ हजार ३५१ संक्रमित, १० जनाकाे मृत्यु

      कोरोना कहरबीच हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो

      ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

      भारतबाट फर्किएका एक युवकको कोरोना सङ्क्रमणबाट मृत्यु

      जसले भिडेरै चितुवा नियन्त्रणमा लिए !

      कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै

      एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय

      त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

    होमपेज /  समाचार

    उच्च हिमाली बस्तीमा हिमपातले कृषक खुशी, व्यापारी चिन्तित !

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ फागुन १, मंगलबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    मुगु, फागुन १। आइतबार रातिबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयानुसार मंसिर मध्यतिरबाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ महिना सकिन लाग्दा पनि पानी र हिमपात नभएपछि खेतगरामा लगाएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित भएका थिए । तर आइतबार रातिबाट हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका हुन् । गत कात्तिकमा लगाएको हिउँदे गहुँ, जौ, उवा लामो समयसम्म पानी नपरेपछि खेतगरामै सुक्न थालेका थिए ।

    “यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर आश मारी सकेका थियौँ, तर एक्कासि हिजो रातिबाट पानी र हिउँ पर्न थालेकाले हिउँदे बाली उत्पादनमा वृद्घि हुने आश पलाएको छ,” छाँयानाथ रारा नगरपालिका–१ का कृषक धनबहादुर मल्ल बताउँछन् । सोही नगरपालिका–७ का बैसागे दमाई अहिले परेको हिउँ र पानीले अन्नबाली मात्र नसपारेर सुख्खा मौसमले फैलन सक्ने रोग पनि रोक्ने र वर्षे बाली लगाउन खेत गरा खनजोत गर्न सजिलो पार्ने भएकाले पनि आफूहरु खुशी भएको बताउँछन् ।

    मल्ल र दमाई मात्र होइन आइतबार र सोमबारबाट परेको हिमपातले जिल्लाभरिका कृषक खुशी भएका छन् । हिउँदका महिना सकिन लाग्दा पनि हिउँ र पानी नपरेपछि हिउँदे बालीको आश किसानले मारिसकेका थिए भने वर्षे बाली कसरी लगाउने हो भनेर चिन्तित भएका थिए । हिमपात भएसँगै फागुन महिनाको शुरुवातीबाटै वर्षेबाली कोदो, पाखेधान, मकै, आलु, सिमी लगाउन शुरु गर्ने कृषक बताउँछन् । हिमपातले कृषकमा खुशियाली ल्याएपछि यहाँका व्यापारी भने धेरै हिउँ परिहाल्छ कि भनेर चिन्तित भएका छन् ।

    भारी हिमपात भएर सडक बन्द भई सामान ढुवानीका साधन बन्द हुन्छन् कि भनेर व्यापारी चिन्तित भएका हुन् । मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढा हिमपात कृषक र व्यापारी दुवैलाई खुशी पार्ने गरी परे हुन्थ्यो भन्नुहुन्छ । मुगुलगायत हुम्ला जिल्लाको तल्लो भेगसम्म कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक भएर व्यापारिक सामान आउने भएकाले बढी हिमपात भएमा कच्ची सडक बिग्रने र घुच्ची लेखमा बाटो बन्द गरिदिने भएकाले लामै समयसम्म सडक बन्द भएर दैनिक तथा अन्य सामान जिल्लामा अभाव हुन्छ कि भनेर व्यापारी चिन्तित भएको अध्यक्ष बुढा बताउनुहुन्छ ।

    आइतबार रातिदेखि हिउँ परेका जिल्लाका उच्च हिमाली क्षेत्र मुगु कार्मारोङ गाउँपालिकाका नौवटै वडा, छाँयानाथ रारा नगरपालिकाका रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्ला, पिना, घुच्ची खत्याड गाउँपालिकाका जोगीलेख, चाकपाडे, गम्था, र सोरु गाउँपालिकाका सोरुकोट, कालैलेख, धैनलेखमा बाक्लो हिउँ जमेको खबर आएको छ भने जिल्ला सदरमुकाममा सोमबार दिउँसो १ बजेदेखि हिउँ पर्न शुरु गरेको छ ।

    यसैगरी, लगाताररुपमा हिउँ परिरहेकाले आज बिहानसम्म सदरमुकाम सेताम्य बाक्लो हिउँले ढाकिएको सर्वसाधारण बताउँछन् । लगातार हिउँ र पानी पर्न थालेपछि गाँउघरबाट ग्राहक तथा सेवाग्राही जिल्ला सदरमुकाममा नआउँदा सदरमुकाम सुनसानजस्तो भएको थियो । यसैबीच, हिमपातका कारणले जीउधनको क्षति नहोस् भनेर जिल्ला प्रशासन कार्यालयले बाक्लो कपडा लगाएर सकभर घरबाहिर ननिस्कन र केही घटना भइहाले जतिसक्दो छिटो प्रहरी प्रशासनमा खबर गर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताउनुहुन्छ ।

    हिमपातसँगै चिसो अत्यधिक बढेपछि जिल्लाभरि प्रायः विद्यालयमा आधा दिन मात्र पढाइ भएको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    धरहरामा सुनको जलप लगाइएको गजुर राखियो

    विषम परिस्थितिमा थप सक्रिय हुन प्रहरीलाई निर्देशन

    कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

    कोरोना कहरबीच हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धरहरामा सुनको जलप लगाइएको गजुर राखियो

    विषम परिस्थितिमा थप सक्रिय हुन प्रहरीलाई निर्देशन

    नौ महिनामा पूँजीगत खर्च ३० प्रतिशत

    चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

    कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

    अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने सर्वोच्च अदालतको फैसला

    आज राम नवमी पर्व मनाईंदै

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

    आईजीपी शैलेश थापाले गरे प्रहरी प्रधान कार्यालयमा मौलो पूजा

    धरहरामा सुनको जलप लगाइएको गजुर राखियो

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    नौ महिनामा पूँजीगत खर्च ३० प्रतिशत

    चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

    सुनको भाउ एकै दिन १३ सय रुपैयाँले बढ्यो

    मेगा बैंकले माग्यो ७ वटै प्रदेश बाट विभिन्न पदका लागि ५६ जना कर्मचारी

    वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑