सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन १ । नेपाली सेनाले मंगलबार सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ ।
नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सेनाले सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गर्दैछ ।
सैनिक मुख्यालय जङ्गीअड्डा मातहतमा रहेका पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदैछ ।
सेना दिवसको विशेष अतिथीका रुपमा भारतीय सेनाका प्रमुख विपिन रावत सहभागी हुन सोमबार नै नेपाल आउनुभएको छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा