सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जाजरकोट, माघ २९ । आफूले थाहा पाउने उमेरदेखि नै खानेपानीको अभाव भौग्दै आएको बताउने नलगाड–७ दल्लीकी हैकली विक दैनिक पानीकै समस्यामा परेको बताउँछिन् । पानी ल्याउनकै लागि दैनिक एक घण्टा समय छुट्याउन बाध्य भएको हैकलीको भनाइ छ । घरबाट पानी ल्याउने ठाउँ निकै टाढा छ, बालबालिकालाई पढाउँदा निकै ढिला हुन्छ आफँै जाने हो भने घरको काम हुँदैन् हैकलीले भनिन् । ६२ वर्षीया पानसरी विक पनि पानी ल्याउने ठाउँ नै टाढा हुँदा तनाव हुँदै आएको बताउँछिन् ।
यस दलित बस्तीमा २३ घरपरिवार बस्दै आएका छन् । सबै दलित घण्टौँ हिँडेर पानी ल्याउन बाध्य छन् । माथिल्लो गाउँमा पानीको धारा आँगनमै हुँदा सरसफाइ, तरकारी बाली लगायतमा सिँचाइसमेत गर्न सजिलो भएको छ । माथिल्लो दल्लीमा अधिकांश ठकुरी र मगर समुदायका बस्ती छ । त्यहाँ नियमित पानी आउँछ । आधा घण्टाको दूरीमा रहेको दलित बस्तीमा भने खानेपानीको समस्या वर्षांैदेखि हुँदै आएको छ । यहाँका दलित अर्काको काम गर्दै र माछा मारेर जीवनको गुजारा गर्दै आएका छन् ।
गिट्टी कुटेर यहाँका दलित अहिले बिहान–बेलुकाको छाक टार्ने गरेको अर्का दलित मने वादीले बताए । दलित समुदायका बालबालिका दैनिक विद्यालय पनि जाँदैनन् । उनीहरु आमा, बाबासँग गिट्टी कुट्नेदेखि भारत गएर काम गर्ने गर्दछन् । खरले छाएको छाप्रोभित्र यहाँका दलितको बसाइ छ । अभावै अभावको जिन्दगी बिताउन बाध्य भएको वादी समुदायका अगुवा रत्ने वादीले बताए।
पर्याप्त जमिन भएको भए केही खेती, किसानी गरेर परिवार पाल्ने सजिलो हुने थियो तर सम्पत्तिको नाममा छाप्रो घर मात्र रहेका कारण केही प्रगति हुन नसकेको मनेले बताए । पानी भएको भए थोरै भएको जमिनमा केही खेती गरेर उत्पादन गरी समस्या हल हुने उनको भनाइ छ ।रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा