सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लुम्बिनी अञ्चलमा एनआईसी एसिया बैंकले एक साथ नौ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ। नवलपरासी जिल्लामा चार, रुपन्देहीमा तीन र कपिलबस्तुमा दुई गरी बैकले नौ वटा शाखा संचालनमा ल्याएको छ।
नवलपरासीमा गैंडाकोट न.पा. वडा नं. १५ अमरापुरी स्थित अमरापुरी शाखा, प्रतापपुर न.पा. वडा नं २ गोपीगंज स्थित गोपीगंज शाखा, बिनयीत्रिवेणी गा.पा. वडा नं १ दुम्कीबास स्थित दुम्कीबास शाखा र मध्यबिन्दु न.पा. वडा नं. १० अरुणखोला स्थित अरुणखोला शाखा सञ्चालनमा ल्याएको हो ।
त्यस्तै रुपन्देही जिल्लाको देवदह न.पा. वडा नं. १२ शंकरपुर स्थित शंकरपुर शाखा, सैनामैना न.पा. वडा नं. ३ मुर्गिया स्थित मुर्गिया शाखा र तिलोत्तमा न.पा. वडा नं. ८ मणिग्राम ४ नम्बर स्थित मणिग्राम ४ नम्बर शाखा विस्तार गरेको हो ।
बैंकले कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. १, ४ नम्बर जितपुर स्थित ४ नम्बर जितपुर शाखा र बुद्धभुमी न.पा. वडा नं. ९, ईमिलिया स्थित ईमिलिया शाखा एक समारोहका बिच समुद्घाटन गरेको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित ९ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल बैंकले अधिराज्यभर १७० शाखा कार्यालय र १६८ एटिएम काउन्टरहरु एव् ४ एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा