सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ २८ । नामिबियामा भइरहेको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत कप्तान पारस खड्का म्यान अफ द म्याच बनेका छन् । युएईसँगको खेलमा व्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका नेपालका पारस खड्काले ४३ बल खेल्दै ५१ रन पूरा गरेका हुन्। उनले अर्ध शतक बनाउन ५ छक्का र २ चौका प्रहार गरेका थिए ।
यस्तै बलिङ तर्फ आजको खेलमा उनले २ विकेट लिए ।
नामिबियाको विन्डहोक मैदानमा भएको खेलमा युएईले दिएको १ सय १४ रनको लक्ष्यलाई नेपालले २८ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो ।
यसअघि पहिलो खेलमा नेपाल आयोजक नामिबियासँग १ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो ।
आजको जितसँगै नेपाल ४ अंकसहित अंकतालिकाको दोश्रो स्थानमा उक्लिएको छ । तीन वटै खेलमा अपराजित रहेको क्यानडा भने ६ अंकसहित शीर्ष स्थानमा छ ।
प्रतियोगितामा नेपालसहित नामिविया, केन्या, संयुक्त अरब इमिरेट्स ९युएई०, क्यानडा र ओमान सहभागी छन् । जसमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा