सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ २८। आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत तेस्रो खेलमा नेपालले युएईलाई ४ वकेटले हराएको छ । युएईले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २८ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो ।
पारस खड्काले ४३ बल खेल्दै ५१ रन पूरा गरेका हुन्। उनले अर्ध शतक लगाउने क्रममा ५ छक्का र २ चौका प्रहार गरे। उनलाई अमीर हायातले आउट गरेका हुन्। त्यस्तै ज्ञानेन्द्र मल्ल ५, दीपेन्द्रसिंह ऐरी ४, शरद भेषावकर ३, दिलिपनाथ २ रनमा आउट भएपछि छैटौं व्याट्सम्याका रुपमा क्रिजमा रहेका आरिफ शेखले १६ रन बनाएर आउट भए ।
बलिङतफ नेपालका लागि सोमपाल कामीले ४, सन्दिप लामिछानेले ३, कप्तान पारस खड्काले २ तथा करण केसीले १ विकेट लिएका थिए।
आजको जितसँगै नेपाल ४ अंकसहित अंकतालिकाको दोश्रो स्थानमा उक्लिएको छ । तीन वटै खेलमा अपराजित रहेको क्यानडा भने ६ अंकसहित शीर्ष स्थानमा छ ।
प्रतियोगितामा नेपालसहित नामिविया, केन्या, संयुक्त अरब इमिरेट्स (युएई), क्यानडा र ओमान सहभागी छन् । जसमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा