सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भीमदत्तनगर, माघ २८ । उपप्रधान एवम् ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताएका छन् । मिडिया नेपाल कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पुर्याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिए । आगामी १० वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको तयारी रहेको बताउँदै ऊर्जामन्त्री थापाले प्रदेश नंं ७ मा जलविद्युत्को अथाह सम्भावना रहेको जानकारी दिए ।
“नौ महिनाभित्र अपर तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुँदैछ ।” उपप्रधानमन्त्री थापाले भने, “शनिबार उद्घाटन गरिएको चमेलिया जलविद्युत् आयोजना प्रदेश नं ७ मा अहिलेसम्मको ठूलो आयोजना हो ।”।
निर्वाचनमा उम्मेदवार नउठाउनु गम्भीर गल्ती
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधान एवम् ऊर्जामन्त्री थापाले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार खडा नगर्नु ठूलो गल्ती भएको बताए । “प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा हामीले पाँच क्षेत्रमा मात्रै उम्मेदवारी दियौँ ।”
उनले भने, “उम्मेदवार नभएका कारण पनि समानुपातिकमा मत आएन ।” आगामी दिनमा समेत हिन्दू राष्ट्र पार्टीको प्रमुख एजेण्डा रहने र त्यसका निम्ती सडक संघर्ष गर्दै अघि बढिने छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा