• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख १, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८

      नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग

      राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री शाही

      विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

      म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

      नुवाकोटमा चौकी तोडफोड, दुई प्रहरी घाइते

      विकृतिजन्य गतिविधिको अन्त्य जरूरी: मुख्यमन्त्री राउत

      सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ

      देशभर ८० जनाको आइसियू र २५ जनाको भेन्टिलेटरमा उपचार हुँदै, थपिए ६०३ संक्रमित

      जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्का जात्रामा हजारौँको भीड

      राष्ट्रपतिबाट थप महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

      देवघाटमा स्नान गर्नेको भीड

      प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे, ९ जना घाइते

      सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ

      म्यानमारको सेनाले दुध बेच्न बजार गइरहेका नेपाली दम्पतीको गाेली हानि हत्या

    होमपेज /  समाज

    नागरिकलाई सामाजिक सुरक्षा दिन अदालतबाट आदेश हुन्छ, लागू हुँदैन

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ माघ २८, आईतबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौँ, माघ २८। तराईमा प्रत्येक वर्ष शीतलहरबाट धेरै नागरिकको ज्यान जाने गरेको छ । त्यहाँका नागरिकलाई चिसोबाट बचाउने सरकारको प्रयास प्रभावकारी देखिएको छैन । सर्वोच्च अदालतले तराईका जिल्लाहरुमा प्रत्येक वर्ष शीतलहरको चपेटामा पर्दैआएका नागरिकलाई दाउरा वा पैसा बाँड्नु भन्दा पनि दीर्घकालका लागि नीतिगत संयन्त्र बनाउन सरकारका नाममा आदेश दिएको छ । सार्वजनिक सरोकारका विषयमा पहिलो पटक जुरी नेपाल नामक संस्थाका तर्फबाट अधिवक्ता माधव बस्नेत र विनोद फुयाँलले शीतलहरका कारण नागरिकको प्रत्येक वर्ष मृत्यु हुने गरेको सन्दर्भमा तात्कालिका राहत बाँड्नु भन्दा पनि नीतिगत संयन्त्र तयार गर्नुपर्ने माग गरी रिट दर्ता गराउनुभएको भएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा त्यस्तो आदेश जारी गरेको हो । तर सरकारले अहिलेसम्म पनि कानुन बनाएर लागू गरेको देखिँदैन । त्यसैगरी, सर्वोच्चले कानून बनाएर अपाङगता भएका व्यक्तिको अवस्था हेरी रु ५०० देखि पाँच हजारसम्म सहयोग उपलब्ध गराउने व्यवस्था गर्नू भनेर आदेश दिएको छ ।

    राष्ट्रिय अपाङ् महासङ्घ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिलाई राज्यबाट विशेष सुविधा उपलब्ध गराइनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । यो आदेशको पनि कार्यान्वयन भएको देखिँदैन । अपाङ्गतासम्बन्धी नै सर्वोच्चले नयाँ सरकारी भवन अपाङ्गमैत्री बनाउन सरकारका नाममा आदेश दिएको थियो । अधिवक्ता राजेन्द्र दुलालद्वारा दायर एक रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको थियो । सर्वोच्चले नागरिकका सामाजिक सुरक्षा के के हुन् र के के होइनन् भन्ने विषयमा पनि बोलिदिएको छ । एकल महिला ९विधवा० ले रु ५० हजार सुविधा लिएर दोस्रो चोटि विवाह गर्दा त्यसले उनलाई सशक्त बनाउन सहयोग नपुग्ने तर्कसहित त्यो सुविधा सामाजिक सुरक्षाभित्र नपर्ने निर्णय उसले सुनाएको थियो ।

    सरकारले आर्थिक वर्ष २०६६÷६७ सालको बजेटमा एकल महिला विधुवालाई अर्कोसँग विवाह गरेमा रु ५० हजार जिल्ला समन्वय समितिमार्फत दिने भनी राखिएको सामाजिक सुरक्षाको कार्यक्रमविरुद्ध एकल महिला लिली थापाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सो रिटमा पैसा लिएर विवाह गर्नु सामाजिक सुरक्षा नभई अपमान हो भनी अदालत व्याख्या ग¥यो । थापाको मागमा सर्वोच्चले पैसा लिएर विवाह गर्दा महिलाको सम्मान र प्रतिष्ठामा आँच आउने हुनाले यसलाई सामाजिक सुरक्षा नभएको ठहर गरेको थियो । सामाजिक सुरक्षाका विषयमा सर्वोच्चले यी लगायत यस्तै प्रकृतिका अन्यान्य आदेश र फैसला गरेको छ । तर अदालतको आदेशको सरकारबाट प्रभावकारी कार्यान्वयन भएको छैन ।

    सर्वोच्च अदालतको फैसलालाई सरकारले कसरी हेरेको छ भन्ने विषयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव रमेश ढकालले भन्नुभयो, “अदालतको आदेशपछि कानुन बनाउने कुरामा ध्यान दिनुपर्छ । तर सरकारले त्यसतर्फ ध्यान दिएको छैन । जव विपद् पर्छ, तव सरकारले निर्णय गरिदिन्छ । दीर्घकालका लागि सोच्दैन ।” सर्वोच्च अदालतका पूर्व न्यायाधीश पवनकुमार ओझाका अनुसार सर्वोच्च मात्र नभएर तल्लो अदालतबाट पनि सामाजिक सुरक्षासम्बन्धी केही महत्वपूर्ण फैसलाहरु भएका छन् । उहाँले भन्नुभयो – “सर्वोच्च अदालतबाट भएका सामाजिक सुरक्षासम्बन्धी पाँच÷छ वटा फैसलाबाट ऊ सामाजिक सुरक्षाको विषयमा सकरात्मक भन्ने देखाउँछ । अदालतले संविधान र कानूनको व्याख्या गर्ने हो तर, त्यसको कार्यान्वयन सरकार गर्नुपर्छ । सरकार भनेको अभिभावक हो ।”

    पूर्व न्यायाधीश ओझाका अनुसार सामाजिक सुरक्षाको अवधारणा धेरै बृहत् र व्यापक छ । तराईका शीतलहर प्रभावित नागरिकदेखि हरेक विपद्मा प्रभावित हुनेलाई सरकारले हेर्नुपर्छ । सडकमा अलपत्र परेर रहेका नागरिकलाई पनि कल्याणकारी राज्य चलाउने सरकारले हेर्न सक्नुपर्छ । संविधानमा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको हक हुनेछ भनेर मौलिक हकमा लेखिएको छ । सामाजिक सुरक्षाअन्र्तगत कुन कुन हक पर्दछन् भन्ने पनि प्रष्ट हुन जरुरी छ । सरकारी सेवामा आवद्ध नागरिकका लागि सरकारले सामाजिक सुरक्षाका नाममा निवृत्तिभरण, सञ्चय कोष, उपदान लगायतको व्यवस्था गरेको छ ।

    श्रम ऐनले निजी प्रतिष्ठानमा काम गर्ने कामदारका लागि उपचार खर्चको व्यवस्था गरेको छ । पूर्व न्यायाधीश ओझाले थप्नुभयो, “सर्वोच्च अदालतमा मुद्दा आएपछि सुनुवाइ गरेर आदेश दिने हो । जुन आदेश दिइएको छ, त्यसको सरकारबाट प्रभावकारी कार्यान्वयन हुनुपर्ने हो तर, भइरहेको छैन । सरकारले आफ्ना कार्यकर्तालाई भने करोडौं रकम बाँड्छ ।” पूर्व न्यायाधीश शिवप्रसाद पराजुली राज्यको ढुकुटीबाट जुनसुकै दलको सरकार बहालमा रहेपनि कानून बेगर एक पैसा पनि खर्च गर्न नपाउने व्यवस्था हुनुपर्ने बताउनुहुन्छ । उहाँको अभिमतमा विपन्न र असहाय नागरिकलाई राज्यले हेर्नुपर्छ तर, आफू अनुकूल राज्यकोषको पैसा खर्च गर्नु दुरुपयोग हो ।

    जुरी नेपालका पूर्व अध्यक्ष तथा अधिवक्ता राजु चापागाई जुन वर्गका लागि भनेर सामाजिक सुरक्षाको व्यवस्था गरिएको हो त्यही वर्गमा त्यो सुविधा पु¥याउन जरुरी छ । सरकारले घरबारविहीन नागरिकका लागि पनि सामाजिक सुरक्षाको व्यवस्था गरिदिनुपर्छ । चापागाईंका अनुसार सर्वोच्च अदालत गरेको फैसलाको कार्यान्वयनको अवस्था चित्तबुझ्दो छैन । फैसला कार्यान्वयन गर्दा अब संघीय प्रणालीअनुसार स्थानीय तहमै जानु उपयुक्त हुन्छ । सामाजिक सुरक्षाका काम स्थानीय तहबाटै के के गर्न सकिन्छ रु प्रदेश सरकारबाट के गर्न सकिन्छ रु केन्द्र सरकारबाट यसबारेमा एउटा मापदण्ड तयार गर्न जरुरी छ ।

    जंगबहादुर राणाको पालामा बनेकोे मुलुकी ऐनमा ‘गरिब कंगालको महल’ भन्ने थियो । विसं २०२० सालमा पनि गरिब कंगालको महल थियो । त्यो महलमा पनि गरिब, घरबारविहीन, विपद्मा परेका नागरिकको सुरक्षाबारे व्यवस्था गरिएको थियो । अधिवक्ता चापागाईले भन्नुभयो, “आफैं जोहो नसक्ने असहाय, आश्रित, बेसहारा तथा ज्येष्ठ नागरिकको पालनपोषणको व्यवस्था राज्यले गर्नुपर्छ ।” सरकारले सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ नागरिकलाई वृद्धा भत्ता र एकल महिला ९विधवा० लाई भत्ता दिने व्यवस्था गरेको छ । सरकारबाट यस्ता भत्ता र सुविधा बजेट वा नीति र कार्यक्रममार्फत घोषणा हुन्छ । यस्ता सामाजिक सुरक्षाका कार्यक्रम दीर्घकालका लागि कानून नै बनाएर सञ्चालन गर्न अत्यावश्यक भएको विज्ञहरु बताउँछन् ।

    तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले देशमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिकको सम्मान र सहयोगस्वरुप प्रतिमहिना रु १०० दरले भत्ता दिने व्यवस्थाको थालनी गरेको थियो । त्यसपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले वृद्ध भत्ता रकमलाई बढाएर रु ५०० पु¥यायो । अहिले रु दुई हजार बाँडिदै छ । यो सुविधाले वृद्धावस्थामा ज्येष्ठ नागरिकलाई जीविकोपार्जन गर्न ठूलै भरथेग गरेको छ । आर्थिक वर्ष २०७४÷७५ को बजेटमा सामाजिक सुरक्षा भत्ताका लागि रु ३६ अर्ब विनियोजन गरिएको छ । अर्थमन्त्रालयका अनुसार राज्यको यस कल्याणकारी कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षा प्राप्त गर्ने नागरिकको सङ्ख्या २१ लाख ५२ हजार ८६१ छ ।

    यीमध्ये ज्येष्ठ नागरिक नौ लाख ६४ हजार २९२ छन् भने एकल महिला छ लाख २१ हजार ९८० छन् । अपाङगता भएका ६० हजार ६५६ र लोपोन्मुख तथा सिमान्तकृत जाति÷समुदायका २२ हजार ८९९ छन् । दलित एवं कर्णालीका बालबालिका गरी चार खाल ८३ हजार ३४ जनाले यस कार्यक्रमबाट लाभान्वित भएका छन् । कालिका खड्का, रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    नगर–नगर साझेदारीमा उपत्यकामा सात नगरपालिकामा पार्क र उद्यान बन्ने

    बङ्गलादेशबाट रासायनिक मल खरिद शुरु

    हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

    बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटी पक्राउ

    मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

    टोखामा सङ्क्रमित १३ सय नाघ्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८

    नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग

    राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री शाही

    विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

    म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

    प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे, ९ जना घाइते

    आनी छोइङ डोल्मा डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त

    कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

    टेकु अस्पतालमा कोभिडको मात्र उपचार हुने

    कोरोना संक्रमणबाट मंगलबार थप ५ जनाको मृत्यु, थपिए ५१७ नयाँ संक्रमित

    उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

    क्रिप्टोकरेन्सी : २० खर्ब डलरको विश्व बजार

    डब्लुएचओले भन्यो : यसकारण जीवित जंगली जीवजन्तु नबेच्नू

    जिरी–चरिकोट सडकको ६६ प्रतिशत काम सम्पन्न

    सुनचाँदीको मूल्य घट्यो

    सेतोखबर बिशेष

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले...  विस्तृतमा

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    २०७८ सालको बिदाको सूची सार्वजनिक, जातीय पर्वको दिन पनि बिदा (सूचीसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑