सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाल्पा, माघ २८। जिल्लाकै विकट र दुर्गममा पर्ने निस्दी गाउँपालिका वडा नं १ सहलकोटमा सञ्चालन भएको एकदिने निःशुल्क आँखा शिविरबाट एक सय ४१ जनाले सेवा लिएका छन् । शनिबार सम्पन्न शिविरमा आँखा परीक्षण गराएका एक सय ४१ मध्ये १४ जनामा मोतियाविन्दुका बिरामी फेला परेको कालीगण्डकी आँखा उपचार केन्द्रका प्राबिधिक सुन्दर रानाले बताउनुभयो । शिविरका अवसरमा आँखाका बिरामीलाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको छ ।
जनविकास परिचालन केन्द्र नेपालको आयोजना, रामपुर बचत तथा ऋण सहकारी संस्थाको सहयोग र कालीगण्डकी आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविर चलेको हो । गाउँमै आँखा जाँच गर्ने सेवासुविधा तथा औषधि उपचार पाएपछि यहाँका स्थानीयवासी खुशी भएको स्थानीयवासी प्रेम बाकाबलले बताउनुभयो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा