सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ २७ । उत्तर कोरीयाका तानाशाह किम जोंग उनले दक्षिण कोरीयाका राष्ट्रपतिलाई सम्मेलनमा भाग लिन आमन्त्रण गरेका छन् । किमले छिमेकी देश दक्षिण कोरीयाका राष्ट्रपति मुन जेई इनलाई प्याङयोंगमा आजोजना हुन गईरहेको एक सम्मेलनमा भाग लिनको लागी आफनो बहिनिद्धारा निमन्त्रणा पठाएका छन् ।
शीत ओलम्पिकका दौरान दक्षिण कोरीयाको ऐतिहासिक भ्रमणमा रहेकी किमको बहिनीले आफना तानाशाह भाईले पठाएको निमन्त्रणा दिएकी हुन् ।
सिउल स्थित राष्ट्रपति भवन ब्लु हाउसको अधिकारीहरुले बताए अनुसार किमले चाडो भन्दा चाडो दक्षिण कोरीयाका राष्ट्रपतिसँग भेटवार्ता गर्न ईच्छुक रहेको बताइएको छ । यदि उक्त सम्मेलन भएमा यो तेस्रो अन्तर कोरीयाली सम्मेलन हुने छ । यो भन्दा पहिला किमको बुबा तथा तानाशाह किम जोंग–२ दक्षिण कोरीयाका तत्कालीन राष्ट्रपतिसँग २००० तथा २००७ मा भेटवार्ता गरीसकेका छन् । यो भन्दा पहिलाका दुईबटै सम्मेलन प्यागयोङमा नै भएको थियो ।
राष्ट्रपति मुनका प्रवक्ता ईयई क्योमले बताए अनुुसार किमको बहिनिले आमन्त्रण पत्र दिदै ‘उत्तर कोरीयाले दुई कोरीयाली देशहरुका विचको सम्वन्धलाई सुधार्न चाहेको तथा उक्त निमन्त्रणा राष्ट्रपति मुनलाई प्रवक्ता क्योमले मौखिक रुपमा जानकारी दिएको जनाइएको छ ‘ ।
यता मुनले भने निमन्त्रणा स्विकारे पनि तत्काललाई उत्तर कोरीयाको भ्रमणमा नजाने भएका छन् । साथै दुई देशको विचमा हुने सम्मेलन तथा अन्य विषयमा वातावरण निर्माण गर्न समेत आग्रह गरेका छन् । साथै मुनले अमेरीका र उत्तर कोरीया विचमा बढेको असमझदारी वार्ताद्धारा समाधान गनु पर्नेमा पनि जोड दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा