सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रसुवा, माघ २८। रसुवाका सांसद मोहन आचार्यले व्यक्तिगत लगानीमा गाउँपालिकालाई स्काभेटर र डोजर उपलब्ध गराउनुभएको छ ।
जिल्लाको विकास निर्माणलाई तिब्रता दिन र निर्वाचित हुनुपूर्व जनतासामु गरेको प्रतिबद्धता पूरा गर्नका लागि उत्तरगया गाउँपालिकालाई स्काभेटर र डोजर उपलब्ध गराउनुभएको हो । उक्त स्काभेटर र डोजरको लागत १ करोड ७० लाख रहेको छ ।
सडक सञ्जालले नजोडिएको हरेक गाउँबस्तीमा सडक पुर्याउने सांसद आचार्यले बताउनुभयो । ‘समृद्ध रसुवा निर्माण अभियान अन्तर्गत जिल्लाका सबै ठाउँलाई सडक सञ्जालमा जोड्नका लागि अभियान थालिएको छ’, आचार्यले भन्नुभयो, ‘केही वर्षभित्र हामी जिल्लाको हरेक बस्तीमा सडक निर्माण गर्छौ ।’
सडक निर्माण गर्ने मात्र नभई जनताको आवश्यकता अनुसारका विकासका कार्यक्रमहरु जिल्लाभरि नै सञ्चालन गर्ने उहाँको भनाई थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा