सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २८ । नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे ‘टाइगर प्यालेस रिसोर्ट’ को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिविनै काम गरिरहेको भेटिएको छ ।
सम्बद्ध स्रोतका अनुसार निःशुल्क भिसामा नेपाल आएका उनीहरु विगत ६ महिनादेखि रुपन्देही तिलोत्तमा नगरपालिका–१७ कोटिहवामा पाँचतारे स्तरको रिसोर्ट टाइगर प्यालेसको क्यासिनोमा प्रबन्धकदेखि महाप्रवन्धकसम्मका तहमा कार्यरत छन् ।
नेपालको कानुन अनुसार विदेशी नागरिकले नेपालमा श्रम स्वीकृती लिएर मात्रै काम गर्न पाउँछन् ।
तर, ती पाँच विदेशी भने श्रम स्वीकृतिबिना नै कार्यरत रहेको स्रोतको जानकारी थियो । उनीहरुबारे केही दिनयता अध्यागमन विभागले जानकारी लिइरहेको छ ।
टाइगर प्यालेस रिसोर्टसहित त्यसमा संचालित क्यासिनोमा अष्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिलभर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड रुपैंयाँ लगानी छ ।
यसको नेपाली साझेदार कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्राली हो । यही ग्रुपले काठमाडौंमा क्यासिनो मिलेनायर्स क्लब पनि संचालन गरिरहेको छ । -नागरिक दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा