सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ २६ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले ओमानलाई १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । ४६ ओभरमा समेटिएको नेपालले सबै विकेट गुमाएउँदै ओमानका लागि सस्तो लक्ष्य सुम्पेको हो ।
नेपालका लागि शरद भेषावकरले सर्वाधिक २२ रन बनाए । यस्तै दिपेन्द्रसिंह ऐरीले २०, दिलिपनाथ ले १९, कप्तान पारस खड्का र सोमपाल कामीले समान १७र१७, रोहित कुमार पौडेलले १४, आरिफ शेखले ६, करण केसीले ४, ज्ञानेन्द्र मल्ल ७ तथा वसन्त रेग्मीले १ रन बनाए ।
ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।
नेपाल, ओमान, नामिबिया,युएई, क्यानडा र केन्या गरी ६ देश सहभागी डिभिजन टु को शीर्ष स्थानमा रहने २ टोलीले विश्वकपको छनौट खेल्न पाउनेछ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा