सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २६ । सरकारले भूकम्पपीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप गरेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई प्रदान गर्ने दोस्रो किस्ताको रकम वितरण गर्ने समयावधि चैत मसान्तसम्म थप्ने निर्णय गरेको हो ।
दोस्रो किस्ताको अनुदान पाउने समयावधि पुस मसान्तसम्म तोक्दा धेरै छुट्ने भएपछि प्राधिकरणले समायवधि थपेको सीइओ युवराज भुसालले जानकारी दिए । बैठकमा प्रमुख प्रतिपक्ष एमालेले भने समितिको निर्णय विनानै भूकम्प पीडितलाई आवास निर्माणका लागि सरकारले १ लाख अनुदान रकम थप गर्ने निर्णय लिएको भन्दै आपत्ति जनाएको थियो।
बैठकले तेस्रो किस्ताको रकम यही आर्थिक वर्षभित्र वितरण गरिसक्ने योजना रहेको पनि बताएको छ ।
पहिलो किस्ताको अनुदान पाउने लाभग्राही भुकम्प पिडितको संख्या ६ लाख ७१ हजार ५७७ पुगेको जानकारी दिए । त्यस्तै, दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएको घर संख्या २ लाख ३३ हजार ६७७ छ भने तेस्रो किस्ता पाउने लाभग्राही ५५ हजार ५०० छन् । हालसम्म १ लाख भूकम्पपीडितको घर निर्माण सम्पन्न गरीसकेको जानकारी पनि भुसालले दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा