सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ १६ । प्रसिद्ध फोर्ब्स पत्रिकाले यो बर्ष क्रिप्टोकरेन्सि राख्ने धनि ब्यक्तिहरुको सुची सार्वजनिक गरेको छ । यो सुचीको पहिलो स्थानमा रिपलका सह–संस्थापक क्रिस लार्सेन परेका छन् । उनको कुल क्रिप्टो रकमको मुल्य ७.५ अरब डलरबाट ८ अरब डलर रहेको छ ।
कुनै नियन्त्रण विनानै क्रिप्टोकरेन्सिको मुल्य अहिलेको समयमा सबैभन्दा छिटो बुद्धि भएको छ । यो ब्लकचेन प्रविधिको आधारबाट गोपनीय एल्गोरिदमको हिसावबाट काम गर्दछ ।
फोर्ब्सका अनुसार, क्रिप्टो मुद्रा विटक्वाइन, एथेरियम र एक्सआरपीको औसत मुल्य २०१७ मा मात्र १४,४०९ प्रतिशतको जोडदार उछाल आएको बताएको छ ।
करिब १,५०० क्रिप्टो मुद्रा यो समय बजारमा चलिरहेको छ, जसको कुल मुल्य ५५० अरब डलर हो । २०१७ को शुरुवातबाटै यसको मुल्यमा ३१ गुनाले बढेको छ ।
फोर्ब्स पत्रिकाका सम्पादक रैडल लेनले यस किसिमको सम्पतिलाई सबै सामु ल्याउनुपर्ने समेत बताएका छन् ।
फोर्ब्सको यो सुचीमा १.५ अरब डलरको क्रिप्टो मुद्रा मुल्यसहित जोसेफ ल्युबिन दोस्रो स्थानमा परेका छन् । चांगपेंग चाओ १ बाट १.२ डलरको छलानसँगै तेस्रो स्थानमा, कैमरनएण्ड टायलर विंकेलवास ९० करोडबाट १.१ अबर डलरको छलानसँगै चौथो स्थानमा तथा मैथ्यु मेलन ९० करोडबाट १.१ अरब डलरको छलानसहित पाचौ स्थानमा परेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा