सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, माघ २६ । कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ । मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले वटम थिच्दा रोबोटमा जडान गरिएको कैँचीले रिबन काटेको थियो ।
सो क्रममा पोखरेलले सूचना र प्रविधि नै समृद्धिको आधार भएको भन्दै चितवनलाई सूचना र प्रविधिको हव बनाउनुपर्नेमा जोड दिए । उनले विभिन्न बाह्य देशको चमत्कारिक विकास, सूचना र प्रविधिका कारण नै भएको बताए । चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले अहिलेको अवस्थामा प्रविधिको विकासमा जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै सूचना प्रविधि विज्ञ हरि भण्डारीले सूचना प्रविधिको सही उपयोग गर्नसके विकासमा सहयोग पुग्ने बताए ।
‘चितवनको समृद्धिः सूचना प्रविधि’ भन्ने मूलनाराका साथ शुरु भएको मेला माघ २९ गतेसम्म चल्नेछ । मेलामा कम्प्युटर, मोबाइल, ल्यापटप, स्मार्ट टिभी, सफ्टवेयरलगायतका ८० वटा स्टल राखिएको छ । यस्तै सूचना प्रविधिसम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि सेमिनार, गोष्ठी, रोबोटिक प्रदर्शनी र गेमिङका स्टल रहने मेला आयोजक समितिका संयोजक भानु शर्माले जानकारी दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा