सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २६। प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट बाँडफाँट शुक्रबार हुने भएको छ । प्रतिनिधिसभा सदस्यको चुनावबाट प्राप्त मत परिणाम अनुसार सीट संख्या शुक्रबार घोषणा गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
राजनीतिक दलले आउँदो सोमबारसम्ममा नाम पठाइसक्नुपर्ने र त्यसपछि दुई दिन नाम सच्याउने समय दिएर विजयीको नाम प्रकाशन गरिने प्रवक्ता ढकालले जानकारी दिनुभयो । संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यहि अनुसार नाम सिफारिस गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । जसअनुसार कम्तिमा ८४ जना महिलाको नाम दलहरुले पठाउनैपर्ने छ ।
बन्दसूचीमा एमालेले ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र संघीय समाजबादी फोरमले ५ जना महिलाको नाम पठाउनैपर्ने आयोगले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा