सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ २६ । भ्यालेन्सियालाई २–० ले पराजित गर्दै बार्सिलोना स्पेनिस किङ्स कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भ्यालेन्सियाको घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा भ्यालेन्सियालाई २–० ले हराउँदै समग्रमा ३–० को जितसहित बार्सिलोना फाइनलमा पुगेको हो ।
पहिलो लेगमा १–० को जित हात पारेको बार्सिलोनाले विहीबार भ्यालेन्सियाको मैदानमा भएको दोस्रो लेगमा २–० को जित निकाल्यो ।
खेलमा बार्सिलोनालाई विजयी गराउन फिलिप कौटिन्हो र ईभाँ राकिटिचले एक–एक गोल गरे ।
पहिलो हाफ गोल रहित बराबरीमा खेलेको बार्सिलोनाले खेलको ४९ औँ मिनेटमा कोन्टिन्होले गोल गर्दै बार्सिलोनालाई सुरूवाति अग्रता दिलाए। त्यस्तै खेलको ८२ औँ मिनेटमा इभान रेकिटिकले गोल गर्दै बार्सीलोना लाई २–० को जित दर्ता गराए।
बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा पुगेको यो लगातार पाँचौ अवसर हो ।
बार्सिलोनाले उपाधिका लागि अप्रिल २१ मा सेभियाको सामना गर्नेछ । सेभिल्लाले पनि लेगानेसलाई समग्रमा ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा