सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, माघ २५ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ नेपालले नामिबियालाई १ विकेटले बिजय हासिल गरेको छ । नामिबियाले दिएको १३९ रनको लक्ष्यलाई पछ्याउदै नेपालले अन्तिम ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो ।
४९ औं ओभरमा नेपालले जोडेको १३ रन खेल जित्न महत्वपूर्ण रह्यो । नेपाललाई जिताउन बसन्त रेग्मीले उत्कृष्ट खेल्दै नटआउट २४ रन बनाए। २४ बल खेलेका रेग्मीले १ छक्का र २ चौका प्रहार गरेका थिए। ५० औ ओभरको पहिलो बलमा २ रन लिएका वसन्तले दोश्रो बलमा चौका हान्दै स्कोर बराबरीमा पुर्याए । नामिबियाका बलर जान फ्राइलिङले वाइड बल फालेपछि नेपाल ४ बल बाँकी हुँदै १ विकेटले विजयी भयो ।
नेपाललाई जिताउन शरद भेषावाकरले सर्वाधिक २९ रन बनाए । ६७ बल खेलेका शरदले ३ चौकासहित २९ रन बनाए । ३५ बल खेलेका कप्तान पारस खड्काले २ चौकासहित १९ रन जोडे, रोहितकुमार पौडेलले १७, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ६ र करण केसी ३ रन बनाए । आरिफ शेख र दिलिप नाथले भने रनको खातै खोल्न सकेनन् ।
टस जितेर नेपालले घरेलु टोली नामिबियालाई ब्याटिङको निम्तो दिँदै फिल्डिङमा उत्रिएको थियो ।
नेपालका लागि सन्दिप लामिछानेले ४ विकेटको योगदान गरे भने सोमपाल कामीले ३ विकेट लिए । कप्तान पारस खड्का, बसन्त रेग्मी र सरद भेषवाकरले १, १ विकेट लिएर घरेलु टिम नामिबियालाई नेपालले ३२।२ ओभरमा अलआउट गरिदिएको हो ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा