सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उमेर बढ्दै जाँदा ढाड दुख्छ तर गलत तरिकाले उठ्ने बस्ने गर्दा, चोट लाग्दा, खानपानमा गडबडी, गर्भावस्था र अन्य कारणले पनि ढाड दुख्न सक्छ ।
ढाड दुख्दा मांसपेशी तन्किने, स्नायु अररिने र चर्को पीडा हुने समस्या आइलाग्छ । एकै ठाउँमा बसिरहँदा समस्या झन् चर्किन्छ । त्यसैले हल्काफुल्का काम गरिरहनुस् र शारीरिक गतिविधि कुनै हालतमा बन्द नगर्नुस् । ढाड मांसपेशी, डिस्क, नसा र हाडहरूको जटिल संरचना हो । यीमध्ये कुनै एकमा समस्या हुँदा पनि ढाड दुख्न थाल्छ । सामान्यदेखि लिएर गम्भीर कारणले पनि ढाड दुख्छ ।
धेरैजसो ५० वर्षतिरका मानिसमा, शारीरिक कमजोरी भएका अनि शरीरमा भिटामिन डी र क्याल्सियमको कमी बेहोरिरहेका मानिसमा यस्तो समस्या हुन्छ । यस्तो समस्या देखिनेबित्तिकै चिकित्सकको परामर्श लिइहाल्नुस् । ढाडको समस्या हुँदा केही घरेलु उपाय पनि अपनाउन सकिन्छ । शरीरमा क्याल्सियमको कमी पूरा गर्नका लागि दुग्धजन्य पदार्थ र क्याल्सियमले भरपूर आहार खानुस् । दिनदिनै दुई गिलास दूध अवश्य पिउनुस् । अनि दिनदिनै बिहान घाममा आधी घन्टा बस्ने गर्नुस् ।
लसुनका एन्टीसेप्टिक गुणले पीडा कम गरिदिन्छन् । एक जारमा ४०० ग्राम लसुनलाई मसिनो गरी काटेर एक लिटर काँचो सूर्यमुखी तेल हालेर भाँडोलाई मज्जाले बन्द गरिदिनुस् । यो भाँडोमा घाम पर्न नदिनुस् र दिनदिनै यसलाई हल्लाउनुस् । पछि यसलाई छानेर तेल निकाल्नुस् र दुई महीनासम्म दिनदिनै बिहान बेलुका मालिश गर्नुस् ।
मनतातो पानीमा सीधे नून हालेर नुहाउनुस् । यसले आराम दिन्छ । तावामा ज्वानोलाई हल्का भुटेर चपाईचपाई खानुस् । यसले पनि ढाड दुख्नबाट जोगाउँछ । जाडोका कारण ढाड दुखिरहेको छ भने सुकेको अञ्जीर, सुकेको खुबानी र पाँचवटा सुकेको आरुबखडा राति सुत्नुअघि चपाएर खानुस् । यसो गर्दा पनि ढाड दुख्ने समस्या केही दिनमा निको हुन्छ ।
एक चम्चा महमा दालचिनीको धूलो एक ग्राम हालेर बिहान बेलुका दिनमा दुईचोटि खानुस् । आराम हुन्छ । तातो पानीले सेक्दा पनि पीडाबाट मुक्ति पाइन्छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा