सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं, माघ २२। नेपाल टेलिकमले यो आर्थिक बर्षमा १५ अर्व ३७ करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल टेलिकमको १४ औं वार्षिकोत्सव समारोहका टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले पोहोरको तुलनामा यो बर्ष खुद नाफा १३ दशमलव ४२ अंकले बढेर १५ अर्व ३७ करोड नाफा कमाउन सफल भएको जानकारी दिनुभयो । यस्तै ग्राहक संख्या पनि पोहोरभन्दा १७ दशमलव २३ प्रतिशतले बढेर १ करोड ८५ लाख ५८ हजार पुगेको नेपाल टेलिकमले जनाएको छ । यस्तै डाटा चलाउने ग्राहक पनि पोहोरको भन्दा १० दशमलव ७७ अंकले बढेर ८९ लाख ३५ हजार पुगेको टेलिकमको दावी छ ।
अहिले काठमाडौं र पोखरामा सुरु गरिएको फोर जी सेवा ५ लाख ग्राहकले प्रयोग गरिरहेको र छिट्टै नै पुर्वाञ्चल र मध्यमाञ्चलका अरु सहरमा पनि सेवा विस्तार गरिने प्रवन्ध निर्देशक राजभण्डारीले जानकारी दिनुभयो । देशैभरी उच्च गतिको डाटा सेवा विस्तार गर्न मध्यपहाडी राजमार्ग अन्तरगत पाँचथरको चियो भञ्ज्याङदेखि धादिङ र गोरखाको सिमा आरुघाटसम्म अप्टिकल फाइबर विच्छयाउने काम तीव्र गतिमा भैरहेको पनि टेलिकमले जनाएको छ । टेलिकमले उपकरण र दक्ष जनशक्तीका कारण सेवा भरपर्दो र सजिलो भएको पनि दावी गरेको छ ।
वार्षिकोत्सवका अवसरमा टेलिकमले कुरा गर्दा गर्दै पैसा सकिए पनि प्रिपेड ग्राहकको फोन नकाटिने गरी नमस्ते क्रेडिट सेवा सुरु गर्ने भएको छ । क्रेडिट सेवामा खर्च भएको पैसा ग्राहकले रिचार्ज गरेपछि काटिने टेलिकमले जनाएको छ । यस्तै एडिएसएल इन्टरनेटको गति ५ एमविपिएसमा पुर्याउने, रिचार्जमा वोनस दिने, राती १० बजेदेखि बिहान ६ बजेसम्म ३ दिनसम्म ३५ रुपैयाँले जति पनि कुरा गर्न पाउने, पचास, एकसय र दुइ सयको रिचार्जमा १० प्रतिशत बोनस दिने र ५ सय, तथा एक हजारको रिचार्जमा १५ प्रतिशत बोनस दिने पनि टेलिकमले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा