सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
पाँचथर, माघ २५ । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङ्लुङ नगरपालिकाको बीचमा पर्ने तमोर नदीमा निर्माणाधीन पक्की पुलमा ठेकेदारको चरम लापरबाही देखिएको छ । पटक–पटक म्याद थपेर आयोजनाको कामलाई सुस्त बनाएको निर्माण कम्पनीले प्राविधिक स्टमेट बिपरित काम गर्दै आए पनि अनुगमन गर्ने निकाय मौन छ ।
निर्माण कम्पनीले आवश्यक मात्रामा बालुवा, गिटी र सिमेन्टको प्रयोग नगरी पुलको ढलान गर्दै आएको स्थानीयले बताएका छन् । ठेकेदार कम्पनीले २०६९ सालमा पुल निर्माणको सम्झौता गर्दा २०७२ साल साउन २६ गतेसम्म काम सक्ने प्रतिबद्धता जनाएको थियो । तर सो अवधिमा चार वटा मात्र पिलर ठड्याएर कम्पनीले काममा ढिलाई गरेको थियो ।
नाकाबन्दी र बाढी पहिरोको कारण देखाउँदै ठेकेदारले आयोजनाको कामलाई पुनः दोस्रो पटक म्याद थप गरी २०७३ साल बैसाख २६ गतेबाट काम गर्दै आएको छ ।
१ सय ४९ मिटर लामो पक्की पुलमा पछिल्लो समयमा काम भइरहे पनि गुणस्तरहीन सामग्री प्रयोग भइरहेकाले त्यसको अनुगमन गर्नुपर्ने माग स्थानीयले गरेका छन् । स्वच्छन्द निर्माण सेवा प्रालिले १३ करोड रुपैयाँको लागतमा पुल निर्माणको जिम्मा लिएको हो ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा