सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ २५ । बंगलादेशको राष्ट्रपति अब्दुल हामिदलाई पुन ५ बर्षको लागी निर्वाचित गरिएको छ । राष्ट्रपति पदको लागी उनको विपक्षमा कसैले पनि उमेदवारी नदिएपछि उनी सर्वसम्मत दोस्रो कार्यकालको लागी निर्वाचित भएका हुन् । हामीद बंगलादेशका पहिलो राष्ट्रपति हुन जो लगातार दोस्रो कार्यकाल शासन गर्नेछन् ।
प्रमुख निर्वाच आयुक्त केएम नुरुल हुदाले उनलाई राष्ट्रपति भएको घोषणा गरेका थिए । अवामी लीगले पछिल्लो साता ७४ बर्षिय हामिदलाई राष्ट्रपति पदको चुनावको लागी नाम दर्ता गराएको थियो । उक्त समयममा नै उनलाई संसदीय पार्टी बोर्डले सर्वसम्मत नामांकित गरेको थियो ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा