सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ २५ । प्रदेश ६ को मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बनाउने सहमति माओवादी केन्द्रका नेताहरूबीच भएको छ । प्रदेश इन्चार्ज शक्ति बस्नेत, नेता जनार्दन शर्मा र प्रदेश संयोजक मायाप्रसाद शर्माबीच शाहीलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो । बिहीबार बस्ने संसदीय दलको बैठकबाट शाहीलाई दलको नेता बनाउने तयारी छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि सुर्खेत पुगेका इन्चार्ज बस्नेत, पूर्वगृहमन्त्री शर्मा र शर्माबीच सहमतिमा नेता छान्नेबारे मंगलबार छलफल भएको थियो । स्रोतका अनुसार शाहीलाई मुख्यमन्त्री बनाउन सहमत तीनैजना नेता सहमत भएका छन् । कालिकोट (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित शाही माओवादीका पोलिटब्युरो सदस्य हुन् । माओवादी अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्ड पक्षधर उनी तत्कालीन जनमुक्ति सेनाको डिभिजन कमान्डर थिए ।
मुख्यमन्त्रीका लागि जुम्लाका सांसद नरेश भण्डारी पनि दाबेदार थिए । नेताहरूबीचको सहमति बाहिर आएसँगै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् । भण्डारीलाई मुख्यमन्त्री बनाउँदा संघीय सरकारका मन्त्री भइसकेका शाहीलाई व्यवस्थापन गर्न गाह्रो हुने नेताहरूको तर्क छ ।
मोहन वैद्यतिर लागेर पुनः माओवादीमा फर्किएका कारण पनि बस्नेत र शर्माको मूल्यांकनमा भण्डारी कमजोर देखिएको स्रोतको दाबी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा