सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं माघ २४ । राष्ट्रियसभा सदस्य निर्वाचनमा ९९.५२ प्रतिशत मतदान भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न भएपछि डा. यादवले विज्ञप्ति जारी गर्दै शान्तिवूर्वक र मतदाताको उत्साहजनक सहभागितामा सम्न्न भएको बताएका हुन्। बिहान १० बजेदेखि सुरु भएको मतदान कार्य दिनको ३ बजे सम्पन्न भएको
यस्तो छ प्रमुख आयुक्त यादबको विज्ञप्ति
प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलका आदरणीय मतदाताज्यूहरू
१. नेपालको संविधान कार्यान्वयन गर्ने क्रममा आज माघ २४ गते सात प्रदेशमध्ये ६ प्रदेशमा सम्पन्न भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाताको व्यापक, उत्साहजनक र शान्तिपूर्ण सहभागितामा मतदान कार्य सुसम्पन्न भएको छ। आज बिहान १० बजेदेखि सुरु भएको मतदान कार्य आजै दिनको ३ बजे सम्पन्न भएको थियो। कुल ५६ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नम्बर २ का ८ वटै सदस्यहरू निर्विरोध निर्वाचित हुनु भएकाले त्यहाँ मतदान गर्नु परेन। कुल २ हजार ५६ जना मतदातामध्ये आजको मतदानमा ६ प्रदेशका स्थानीय तहका १ हजार २३४ र प्रदेश सभाका ४४३ गरी कुल १ हजार ६७७ जना मतदातालाई मताधिकार प्राप्त थियो।
२. सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार आजको मतदानमा ९९.५२ प्रतिशत मतदान भएको छ। ६ वटै प्रदेशका जम्मा १ हजार ६७७ जना मतदातामध्ये १ हजार ६६९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ भने जम्मा ८ जना मतदाता अनुपस्थित रहनुभयो। मतदानका लागि प्रदेश सभाका सदस्य र स्थानीय तहका मतदाताका लागि अलग–अलग मतदान केन्द्रको व्यवस्था गरिएको थियो। मतदान सकिए लगत्तै सम्बन्धित प्रदेशमै रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य सुरु भइसकेको जानकारी प्राप्त भएको छ।
३. प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरू गरी कुल २,०५६ मतदाता रहनुभएको छ। त्यसैगरी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १,५०६ जना मतदाता प्रत्येकको मतभार १८ र प्रदेश सभाका सदस्य ५५० जना मतदाता प्रत्येकको मतभार ४८ हुने प्रावधान छ।
४. नेपालको संविधानको धारा ८६ को उपधारा (२) र राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ३ (१) अनुसार, प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कुल ५६ जना राष्ट्रियसभा सदस्यहरू निर्वाचित हुने छन्। प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन्। निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भइसक्नु भएकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा हुनुहुन्छ।
५. महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणालीअनुसार मतदान भएको छ भने दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।
६. सातवटै प्रदेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सफल हुनुभएकोमा सबै निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरूलाई निर्वाचन आयोग धन्यवाद दिन चाहन्छ। साथै अनवरतरूपमा खटेर कार्य सम्पन्न गर्न सफल हुनुभएकोमा निर्वाचन आयोगका सम्पूर्ण कर्मचारीको आयोग प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छ।
७. निर्वाचनलाई सफल पार्न सहयोग पुर्याउनु हुने नेपाल सरकार, सबै राजनीतिक दल, उम्मेदवार, पर्यवेक्षक, मतदाता, सञ्चारकर्मीलाई आयोग धन्यवाद दिन चाहन्छ। मतदाताले मतपत्रको माध्यमबाट व्यक्त गरेको मतादेशलाई सहजरूपमा स्वीकार्न निर्वाचन आयोग सबै राजनीतिक दल तथा उम्मेदवारसँग हार्दिक अपील पनि गर्दछ।
अन्त्यमा
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान कार्यलाई सफल बनाउन र विभिन्न ठाउँबाट प्रत्यक्ष प्रशारणमार्फत मतदातालाई सुसूचित पार्ने कार्यमा सञ्चारकर्मीहरूले पुर्याउनु भएको योगदानको आयोग उच्च प्रशंसा गर्दछ। साथै मतदानको समाचार सङ्कलन र सम्प्रेषणमा सञ्चारकर्मी मित्रहरूले देखाउनु भएको जाँगर, उत्साह र लगनशीलताको आयोगले उच्च कदर गर्दछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा