• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

      लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्ता

      शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

      चितवनका विद्यालयहरुमा फैलियो कोरोना

      उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

      स्कुले बालबालिकाहरु रुघाखोकी र ज्वरोले ग्रसित

      सहरी क्षेत्रका स्कुल, पार्टी प्यालेस र रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

      चैते दसैंमा सार्वजनिक बिदा

      नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार, आजैबाट लागू हुने

      सुन तोलाको ९१ हजार पुग्यो

      मानव बेचबिखन आरोपमा एक पक्राउ

      काभ्रे भ्याली स्मार्ट सिटीलाई एक अर्ब बजेट

      वैशाखभर विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

      संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

      विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली

    होमपेज /  समाचार

    पर्यटन प्रबद्र्धनका नाममा अनावश्यक खर्च, २०१८ का लागि रु १ अर्ब ३७ करोड बजेट विनियोजन

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ माघ २४, बुधबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौँ, माघ २४ ।पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ । पर्यटन प्रवद्र्धनको नाममा बोर्डबाट रकम लगेर आफ्नो संस्थाको वार्षिकोत्सव, अतिथि सत्कार, भोजभतेर तथा अन्यान्य काममा खर्च गर्ने प्रवृत्ति देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्नुपर्ने आवाज उठन थालेको छ । हाल देशभित्र विभिन्न नाममा खुलेका ६० वटा जति संस्थाले पर्यटन प्रवद्र्धनको काम गर्दै आएको दावी गर्ने गरेका छन् । तर बोर्डले त्यस्ता संस्थालाई उपलब्ध गराउने रकम फजुल काममा खर्च भएका छन् । पछिल्लो पटक मात्रै रु पाँच करोड बराबरको रकम अनुत्पादक क्षेत्रमा खर्च भएको पाइएको हो । राजनीतिक दलका भ्रातृ संस्था जसरी खोलिएका संस्थाले समेत बोर्डबाट रकम लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने गरेका छन् । त्यस्ता संस्थाले गर्ने खर्चको रकमको उपादेयता नभएपनि बोर्ड आफैंले रोक लगाउन भने सकेको छैन ।

    ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ, नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस्(नाटा)लगायतका संस्थाले पनि साझेदारिता भन्दै केही रकम बोर्डबाट लिने गरेका छन् । त्यस्तो रकम वार्षिक रु एक करोड भन्दा बढी रहने गरेको बोर्डले जनाएको छ । टानका अध्यक्ष नवराज दाहालले त्यस्ता रकमलाई अत्यावश्कीय पर्यटकीय पूर्वाधारमा खर्च गर्नुपर्ने भएपनि केही अनुत्पादक क्षेत्रमा बढी खर्च भएको अनुभव आफूहरुले गरेको बताए । उनले भने, “पर्वतीय पर्यटन प्रवद्र्धन गर्नुपर्ने दायित्व बोकेको टानलाई बोर्डले रकम उपलब्ध गराउन ढिलाइ गर्छ । विषय भन्दा फरक क्षेत्रमा केही रकम खर्च भइरहेको पनि हो । यसलाई रोकिनु पर्दछ ।” विभिन्न संघ संस्थामार्फत स्वदेश र विदेशमा भइरहेको खर्च समेत अनुत्पादक भयो कि भन्ने टानलाई समेत अनुभव भएको उनको भनाइ छ ।

    होटल संघ नेपाल हानका महासचिव विनायक शाह पर्यटन प्रवद्र्धनभन्दा अन्य बहानामा खर्च हुने गरेको भएपनि पछिल्ला दिनमा त्यस्तो प्रवृत्तिमा केही सुधार आएको बताउछन् । उनले भने, “बोर्डले वार्षिक बजेट बनाउँदा नै कुन क्षेत्रमा कति खर्च गर्ने भनेर निर्धारण गर्नुपर्छ । अनावश्यक लाग्ने क्षेत्रमा उसले चासो नराख्दा नै राम्रो हुन्छ ।” बोर्ड र हान मिलेर पर्यटन प्रवद्र्धन तथा अन्य काम समेत गरिरहेको जानकारी दिदै उनले उत्पादनमूलक क्षेत्रमा नै बढी लगानी होस् भन्ने आफूहरुको सदिक्षा रहेको बताए । बोर्डले पर्यटन प्रवद्र्धनका लागि भनेर वार्षिक रुपमा रु ४५ करोड खर्च गर्दै आएको छ । सो रकमको समेत उचित सदुपयोग नभएको गुनासो बढ्दै गएको छ । पर्यटन पूर्वाधारको क्षेत्रमा गरिएको खर्च दीर्घकालीन हुने भएपनि प्रवद्र्धनमा गरिने खर्च अल्पकालीन र केवल प्रचारका लागि मात्रै हुने भएकाले त्यस्तो खर्चले प्रभावकारी परिणाम निकाल्न नसकेको बोर्ड स्वयम् स्वीकार गर्छ ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अनुत्पादक खर्च कटौती गर्दै जाने बताए । उनले बोर्डलाई सक्षम र सबल बनाउँदै पर्यटन प्रवद्र्धनको क्षेत्रमा लगाउनुपर्ने र अनावश्यक खर्च कटौती गरेरै जानुपर्नेमा जोड दिए । उनले भने, “बोर्ड प्रायोजन गर्ने सहयोगी संस्थाका रुपमा मात्रै परिचित हुन थाल्यो । अब त्यसलाई नियन्त्रण गर्नु जरुरी छ । व्यावसायिक घराना तथा प्रतिष्ठानहरुसँग सम्पर्क बढाइदिने र सहयोग गर्ने तर्फ बोर्ड लाग्न सक्छ ।” सन् २०१७ मा बोर्डले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रचार प्रसार गर्न रु आठ करोड बजेट विनियोजन गरेकामा रु ६ करोड खर्च भएको थियो । सन् २०१८ का लागि जम्मा रु तीन करोड मात्रै त्यस्तो बजेट विनियोजन गरिएको छ । सो रकम बेलायती प्रचार संस्था बिबिसी र अमेरिकी प्रचार संस्था सिएनएनमा खर्च गरिएको छ ।

    बोर्डले सन् २०१८ का लागि रु एक अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ । त्यसमा पर्यटन बजार प्रवद्र्धनका लागि रु ३३ करोड ५० लाख, जनसम्पर्कका लागि रु ३३ करोड र आन्तरिक सम्पदा प्रवद्र्धनका लागि रु २० करोड बजेट विनियोजित छ । बोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले विभिन्न संस्थाले पर्यटन प्रवद्र्धनको नाममा मोटो रकम लिने र अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्ति बढेको बताए ।
    संस्थागत प्रवद्र्धन गर्ने बहानामा बोर्डको लाखौं रकम अनुत्पादक क्षेत्रमा खर्च भएपनि नियन्त्रण गर्ने तर्फ पहल गर्न नसकिएको उनको भनाइ छ । विभिन्न संघ संस्थाले पर्यटन प्रवद्र्धनको नाममा रु पचास हजारदेखि रु २५ लाखसम्म रकम लिने गरेका छन् । बोर्डमा पछिल्लो दिनमा मात्रै सहयोग माग्दै २०० भन्दा बढी व्यक्तिगत तथा संस्थागत आवेदन परेको छ ।

    हिमाल आरोहण गर्नेदेखि पदयात्रामा जानेले समेत बोर्डको रकम आश गर्ने प्रवृत्ति बढेको छ । कतिपय आवेदन राजनीतिक दवावका आधारमा समेत पर्ने गरेको छ । बोर्डमा हिमाल आरोहणका लागि रु २५ लाखको आवेदन परेको छ भने सगरमाथामा तस्वीर प्रदर्शन गर्ने भन्दै रु १२ लाखको आवेदन परेको छ । यस्तै, केही चुली आरोहणको नाममा रु चार लाख देखि दश लाखसम्मका आवेदन परेको छ । बोर्डका पूर्व सञ्चालक समितिका सदस्य गणेश सिंखडा ‘नेचुरल थेरापी’को नाममा समेत रकम लैजाने गरेको र त्यसको कुनै उपादेयता नभएको बताउँछन् । बोर्डले विगतमा खर्च व्यवस्थापन तथा नियमनका लागि कार्यविधि बनाएको भएपनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । बोर्डकाअनुसार सन् २०१७ मा मात्रै रु ८७ करोड पर्यटन सेवा शुल्कका रुपमा उठाएको थियो ।

    सन् २०१६ मा त्यस्तो शुल्क रु ५७ करोड मात्रै उठेको थियो । सन् २०१७ मा मात्रै करिब नौ लाख ४० हजार ६९३ पर्यटक नेपाल भित्रिए । त्यसमध्ये करिब ९० प्रतिशत बढी पर्यटक हवाई विभिन्न सरोकार भएका संस्था वा निकायले भने बोर्डको पारदर्शितामाथि प्रश्न उठाउने गरेका छन् । बोर्डको प्रमुख आम्दानीको रुपमा नै उक्त शुल्क रहेको छ । बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली९टिम्स०मार्फत रकम उठाउँदै आएको छ । समूहमा पदयात्रा गर्दा प्रतिव्यक्ति रु एक हजार र व्यक्तिगत रुपमा जाँदा भने रु एक हजार शुल्क तिर्नुपर्दछ । विसं २०६६ देखि उक्त रकम उठाउन थालिएको हो । बोर्डका निमित्त निर्देशक रोहिणी खनालकाअनुसार सन् २०१५ रु १७ करोड १४ लाख टिम्स शुल्क उठेको थियो । यस्तै, सन् २०१६ मा रु १६ करोड ६४ लाख र सन् २०१७ मा रु १९ करोड ४० लाख शुल्क उठ्यो –रमेश लम्साल/ सिबी अधिकारी , रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

    चितवनका विद्यालयहरुमा फैलियो कोरोना

    उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

    स्कुले बालबालिकाहरु रुघाखोकी र ज्वरोले ग्रसित

    चैते दसैंमा सार्वजनिक बिदा

    मानव बेचबिखन आरोपमा एक पक्राउ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

    लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्ता

    शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

    चितवनका विद्यालयहरुमा फैलियो कोरोना

    उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

    संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

    भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

    एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

    विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

    लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्ता

    सहरी क्षेत्रका स्कुल, पार्टी प्यालेस र रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

    नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार, आजैबाट लागू हुने

    सुन तोलाको ९१ हजार पुग्यो

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑