सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २४। प्रदेश ६ को मुख्यमन्त्री पूर्व ऊर्जामन्त्री महेन्द्रबहादुर शाही बन्ने पक्का भएको छ। मुख्यमन्त्रीको गाँठो फुक्न नसकेपछि त्यसको टुङ्गो लगाउन बुधबार नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्रीद्वय शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा सुर्खेत पुगेका थिए।
नेताहरू शर्मा, बस्नेत र संयोजक मायाप्रसाद शर्माले मुख्यमन्त्रीको टुंगो लगाएका हुन्। ‘अनौपचारिक छलफल मात्र भएको हो। भोलि बस्ने दलको बैठकले अौपचारिक घोषणा गर्नेछ,’शाहीले भने। प्रदेश ६ को मुख्यमन्त्रीमा नरेश भण्डारीले पनि दाबी गरेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा