सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, माघ २४ । आज बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका– ४ चारदोबाटोमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ क ८००६ नंको मिनीट्रकले बाटो काट्दै गरेको पैदलयात्रुलाई ठक्कर दिँदा मृत्यु भएको छ । ठक्करबाट घाइते भएका मध्यपुरथिमि नगरपालिका–५ दुईपोखरी बस्ने ६६ वर्षीय जगतकुमार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।
प्रहरीले मिनीट्रक र चालक काभ्रे जिल्ला सिसाखानी घर भई हाल सूर्यविनायक नगरपालिका–८ जगाती बस्ने २९ वर्षीय प्रेमबहादुुर मोक्तानलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान भरिरहेको जानकारी दिएको छ । रासस
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा