सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, माघ २४ । फूलचोकी जंगलमा हराएको सातौं दिनमा बुधबार फेला परेका जोन तामाङको उपचार अझै आईसीयूमा भइरहेको छ।
जोनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकले जनाएका छन्। ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचाररत तामाङबारे चिकित्सक ओम अधिकारीले स्थिति सुधारोन्मुख भएको जानकारी दिए।
उनले भने, उनी अहिले खतराबाट मुक्त छन्, आईसीयूमा उपचार भइरहेकोले त्यसै सम्पूर्ण अवस्था ठीक त भन्न सकिन्न।
उनको हिउँले खाएर प्लास्टर गरिएको दुवै खुट्टाको अवस्था राम्रो हुँदै गएको चिकित्सकले जनाएका छन्। जोनकी आमा रिमाले छोराको अवस्था अझै नाजुक रहेको बताईन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा