सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी, माघ २३ । तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ । गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाइएको छ ।
विसं २०७३ कात्तिक १६ गते स्थानीय तीन वर्षीया बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको मुद्दामा जिल्ला अदालत महोत्तरीका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको बेन्चले सो फैसला सुनाएको हो । जिल्ला प्रहरी कार्यालयले आज दिएको जानकारीअनुसार भुजेललाई सो रकम पीडित बालिकालाई क्षतिपूर्ति भराई दिने सजाय भई मुद्दा फैसला भएको छ ।
निज प्रतिवादी कुमार भुजेलले रक्सी सेवन गरी भान्जीलाई खेलाउन लान्छु भन्दै गाउँ नजिकैको सीताराम लुंगेलीको उखुबारीमा लगी बलात्कार गरेका थिए । भाइटीकाका दिन भुजेलले नातामा भान्जी पर्नेलाई बलात्कार गरेको भन्दै २०७३ साल कात्तिक १७ गते इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । रासस
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा